शुक्रबार, ६ भदौ २०७६
DainikNepal.com
शुक्रबार, ६ भदौ २०७६

संगीतमा रुचि राख्ने नयाँ पुस्ताका लागि अवार्डले प्रोत्साहन गर्नेछः सुमन बुढा मगर

दैनिक नेपाल २०७६ असार २९ गते १०:४०

नेपाली कला र संगीतका नाममा पछिल्लो समय देश बिदेशमा थुप्रै अवार्डहरू आयोजना हुँदै आएका छन् । तुलनात्मक रुपमा नेपालमा भन्दा बिदेशमा नेपाली अवार्ड कम हुने गरे जस्तो देखिएपनि बिभिन्न उदेश्यका साथ प्रवासमा आयोजना हुने नेपाली अवार्डको संख्या पनि बाक्लिदैं छ ।

नेपाली कला संगीत र संस्कृतिको प्रवद्धनका लागि हुने यस्ता अवार्डहरु कहिँ कतै तिक्तता र विवादबाट अछुतो रहन भने सकिरहेका छैनन् । यसका देखिएका नदेखिएका पाटोहरू अलग होलान् । तर अवार्डको सन्देश संधै सकारात्कम नै हुनु पर्छ भन्ने सबैको चाहना हो । आगामी नोबेम्बर २३ तारिकका दिन अमेरिकामा आयोजना हुन लागेको वर्ल्ड नेपाली म्युजिक अवार्ड-२०१९ प्रति पनि धेरैको चासो देखिएको छ ।

संसारभरिका नेपाली गीत-संगीतलाई समेटेर आयोजना हुन लागेको यस अवार्डको तयारी, उदेश्य, अनुमानित बजेट लगायत समग्रमा सम्पुर्ण रुपमा अवार्ड केन्द्रित भएर संयोजक सुमन बुढा मगरसंग गरेको कुराकानी ।

अवार्डको तयारी कस्तो हुँदैछ ?

अवार्डको तयारी अहिले एकदमै तिव्र गतिले गै रहेको छ । अहिले सम्म बिभिन्न संघ संस्थामा काम गरिसक्नु भएका र नेपाली गीत संगीत निकट ३० वटा देशमा प्रतिष्ठित ब्यक्तिहरूको नाम हामीले चयन गरिसकेका छौं । छिट्टै नै चयन हुनुभएका संयोजक मध्य प्रत्यक दिन एक एक जनाको नाम मिडिया मार्फत नै सार्वजिक भै रहेको छ अन्तमा एकमुष्ट रुपमा पनि उहाँहरुको नाम सार्वजनिक गर्ने तयारी छ । यो विश्वव्यापी नेपाली संगीत अवार्ड भएकाले पनि सकेसम्म कोही कलाकार पनि छुट्न नपरोस् भनेर प्रचार प्रसारमा केन्द्रित छौं यति बेला ।

अवार्ड आयोजनाको उदेश्य के हो ?

मेरो मनमा यस किसिमको नेपाली अवार्ड हुनुपर्छ भन्ने ७ वर्षअघिदेखि नै लागिरहेको थियो । बिगत ४ ५ वर्षदेखि मैले विश्वका बिभिन्न अवार्डका ईतिहासदेखि वर्तमानसम्मलाई पनि नजिकबाट जान्ने मौका पाएँ, यसबीचमा भएका थुप्रै नेपाली अवार्ड र विदेशी अवार्डहरुबारे आफ्ना जानकारी संकलन गर्ने कोशिषमा छु । बिभिन्न संघ संस्थासंग आवद्ध रहेर काम गर्दा यस बिषयमा अनुभव पनि बटुल्ने मौका मिल्यो । नेपाली संगीत अवार्डलाई लिएर बढेको मानिसको नैरास्यता र असन्तुष्टि प्रसस्तै भेटें कसैप्रति दोसारोपण होईन तर अवार्ड जस्तो सम्मानित कुराप्रति यति धेरै गुनासा भेटिनु समग्र कला नेपाली संगीतको लागि पनि नराम्रो हो ।

बिदेश र नेपालको अवार्डलाई हेर्दा तुलनात्कम रुपमा हामी नेपालीले कला संगीत क्षेत्र र अवार्डलाई अत्यन्त सस्तो रुपमा लिएको आभाष हुन्छ । हामीले उत्कृष्ठ र निष्पक्ष अवार्ड सम्पन्न गर्न सक्यौं भने अवार्डको पनि लाज राख्न सकिन्छ । यि र यस्तै कुराहरु मनमा खेलिरर्यो, कसरी सकिएला त भन्ने सोचिरहन्थें । आज आएर सबैको साथ र विश्वासले अवार्ड आयोजना सम्मको आँट दियो ।

म आफू अमेरिकामा लामो समयदेखि बस्दै आएको छु । बास्तवमै हामी प्रवासमा रहेका नेपालीको नेपाली कला साहित्य संगीतप्रति अत्यन्त गहिरो लगाव छ । कामबाट बचेको समय सबै नेपाली कला क्षेत्रमै रमाएका हुन्छन् । नयाँ नेपाली गीत आउनासाथ सुन्ने र चलचित्र हेर्नेहरुमा प्राय प्रवासी नेपाली नै अगाडी होलान् । यहाँ हुने सांगीतिक कार्यक्रम र प्रदर्शनमा आउने चलचित्र सके सम्म छुटाउन चाहंदैनन् नेपाली ।

यो आफ्नो माटो र संस्कृती प्रतिको मोह हामीले सुरक्षीत राख्न र नयाँ पुस्तामा हस्तान्तरण गर्न जरुरी छ । बिभिन्न शिलशिलामा हामी विश्वका बिभिन्न राष्ट्रमा छरिएर रहेका छौं । त्यही बसेर हामी कामबाट बचेको समय पनि संगीत र कला क्षेत्रमा लगानी गरिरहेका छौं । यहाँ रहेर गीत संगीतमा काम गर्नु सजिलो कुरा छैन र पनि खर्च जोगाएर समय निकालेर उहाँहरु गीत बजारमा ल्याउनु हुन्छ । मिडियाको पहुँच नहुँदा धेरै प्रवासी कलाकारका गीतले उचित स्थान पाउन सकेको छैन । विदेशी कलाकारसंग प्रतिस्पर्धा गर्न सक्ने अवस्था पनि हामीहरुसंग छैन । त्यस हामीले विश्वभरका नेपाली कलाकारलाई समेट्नु जरुरी देख्यौं ।

अर्को कुरा प्रवासमा आफ्ना अभिभावकसंग रहँदै आएका संगीतमा रुचि राख्ने नयाँ पुस्ताका लागि पनि यस अवार्डले प्रोत्साहन गर्ने हाम्रो विश्वास छ । हामी नेपालमा छैनौं यहाँ गरेर केही हुँदैन भन्ने नैरास्यता ति संगीतका रुचि भएका पुस्तामा नल्याउनुमा यस्ता अवार्डले मद्यत गर्छ । उनीहरूमा हामी जहाँ रहेपनि अवार्डमा सहभागी हुन सक्छौं भन्ने आत्मबलले पनि अझ बढि संगीत क्षेत्रप्रति प्रेरित भएर लाग्छन् ।

प्रवासी वालबालिकामा जाने यो सन्देशले भोली उनीहरूलाई नै यो संस्कार र जिम्मेवारी हस्तान्तरण गर्न हामीलाई सजिलो हुन्छ । हामीले ब्यक्तिगत फाईदाको लागि अवार्ड आयोजना गर्न लागेका होईनौं, नेपाली कला संगीतप्रतिको जिम्मेवारी बोध भएर नेपाली संगीतलाई सम्भब भएसम्म विश्वका सबै राष्ट्रसम्म पुगोस् र नेपाली कलाकारको खुवीलाई प्रवद्धन गर्न सकियोस् भन्ने उदेश्यले यो अवार्ड आयोजना गर्न लागेका हौं ।

प्रवासमा अझ अमेरिका जस्तो ब्यस्त देशमा रहेर अवार्ड आयोजना गर्न कत्तीको सजिलो छ ?

सजिलो त पटक्कै छैन । सबैको साथ सहयोग मिल्छ र पनि आफ्नै देशमा त अवार्ड आयोजना गर्न गाह्रो छ । । यहाँ त हामी दुरी र ब्यस्तताका हिसावले पनि सबै एउटै छलफलमा बस्ने समय मिलाउन पनि असजिलो पर्छ । सानो कार्यक्रमको आयोजना गर्न त १० पटक सोच्नु पर्छ भने यो त अवार्ड जस्तो जिम्मेवार कुरा । मेरो आफ्नै कुरा गर्दा । म संयोजकको जिम्मेवारीमा छु । बिगत ७ बर्षदेखि सोचिरहेको काम हो र पनि मैले २ महिना भयो आफ्नो ब्यवसायिक काम नगरेको । सोच्ने समय पनि नहुँदो रहेछ अरु कामको बारेमा । मैले मेरो कामहरू स्टाफलाई जिम्मा दिएर अवार्डकै काममा लागेको छु । यो जिम्मेवारी लिनुभएका सबै साथीहरुमा चुनौती र दाहित्व दुवै छ र पनि हामी उत्कृष्ट र पारदर्शी अवार्ड समारोहका लागि लागिरहेका छौं ।

प्रतिक्रिया
सम्बन्धित