
-एनबी शर्मा
केही महिनाअघि अस्ट्रेलिया भ्रमणमा रहेकी अभिनेत्री बर्षा राउतको एउटा पोशाकको विषयमा खुबै चर्चा भयो । खासगरी त्यो पोशाक भन्दा पनि कुनै अमुक अभिनेत्रीले कहिल्यै नदेखाएको ‘क्लिभेज’ देखाएकी थिइन् ।
त्यो तस्बिर र समयले उनलाई कति सौन्दर्यताको अभिलेखमा उभ्यायो त कतिपयले आलोचना पनि गरे । मिडिया उनकै पछि दौडियो र कतिपयले प्रतिक्रिया पनि लिए । राउतका लागि त्यो कति सामान्य थियो वा असामान्य भन्नेचाहिँ अनुमान लगाउन कठिन भयो । तर, जसरी ट्रोल भयो यसले उनको अनुहारमा सुखद संवेदनाचाहिँ पटक्कै नदिएको अनुमान गर्न सकिन्छ खासगरी, उनले ‘यसबारे केही बोल्दिन’ भन्ने जवाफ यदाकदा दिएको आधारमा ।
खासगरी सौन्दर्य उद्योग, मनोरञ्जन क्षेत्रमा सक्रिय रहेकाहरूको क्लिभेजको चर्चा हुन्छ । यसबाहेक आमसाधारणले पनि निरन्तर यसलाई दैनिक जीवनमा उपयोग गरेकै हुन्छन् । कतिपयले क्लिभेजलाई नियोजित रूपमा नै देखाउने प्रयत्न गर्छन् त्यसैका उपज हुन् ‘क्लिभेज’सँगै देखिने ट्याटुहरू ।
जब कुनै युवतीका क्लिभेज देखिन्छन् अनि मानिसले एउटा अनौठो धारणा बनाउँछन् । त्यसको आकर्षणभित्र विकर्षणका चर्चा पनि गर्छन् । यो मनोविज्ञानलाई सबैले बुझेका छन् । त्यसैले स्टेभी मोन्टेरियोले भनेकी छन्,‘क्लिभेज देखाएका तस्बिर भनेका कुनै युवतीले तिमिलाई यौन कर्मका लागि दिएको निम्तो होइन न तिमीलाई उसको विस्तरामा गरिएको निमन्त्रणा हो, यो मात्र शरिरको त्यो भाग हो उसको छातीसँग जोडिएको त्यसैले साधारण ठान ।’
एक अर्थमा क्लिभेज आकर्षको केन्द्रचाहिँ हो । आधुनिक समाजमा ड्रेस डिजाइनरले आफ्ना क्लाइन्टलाई कसरी आकर्षित गर्न सकिन्छ भनेर सोच्दा सोच्दै यो तहसम्मका कपडा तयार पार्छन् । यो, खासगरी कपडा बनाउने वा सिलाउने अथवा बजारीकरण गर्ने एउटा उपाय पनि हो । यसलाई चलाखीपूर्ण मार्केटिङ भन्न पनि मिल्छ ।
तर कतिपय ठूला कलाकार तथा लेखकले क्लिभेजलाई पुरुषको शक्तिभन्दा महिलाको शक्ति कस्तो हुन्छ भन्ने उदाहरणका रूपमा पनि व्याख्या गरेका छन् । त्यस मध्येका एक हुन् विल माहेर । उनले भनेका छन्– क्लिभेज भनेको पुरुषका लागि त्यो उदाहरण हो, महिलामा कति ताकत र शक्ति हुन्छ भन्ने ।’
खास अर्थमा क्लिभेज कुनै पनि चिजको प्रचार युक्तिका रूपमा पनि बुझ्न पर्छ । त्यस मध्येको एउटा उदाहरण हो ‘टेनिस खेल’ । महिला टेनिस विश्वमा निक्कै चर्चा हुनुको कारण ‘खेलाडीको क्लिभेज’प्रतिको आकर्षण पनि मानिन्छ । यसैले सानिया मिर्जालगायतको चर्चा र सेलिब्रिटीनेश विश्वबजारमा व्यापक रूपमा बिक्रि भएको हो ।
तर के यसको पनि नियम हुन्छ ? इलिसाबेथ स्क्वायर्सलाई मान्ने हो भने क्लिभेजको पनि नियम हुन्छ । र, उनले भनेकी छन् क्लिभेजको पहिलो नियम भनेको तिमी कति तलसम्म जान्छौ भन्ने होइन तर कहिले र कहाँ तिमीले देखाउने भन्नेचाहिँ हो ।
यस अर्थमा लिने हो भने यो आकर्षणको केन्द्रविन्दु नै हो । त्यसैले विश्व सुन्दरी आयोजकले पनि विश्वभरका सुन्दर युवतीलाई समुद्री तट होस् वा अन्य ठाउँमा क्लिभेजसहितका तस्बिर अनिवार्य गरेकै हुन्छ ।
क्लिभेज एकातिर सौन्दर्य जीवनसँग जोडेर कर्पोरेट क्षेत्रको मार्केटिङको खास अर्थका रूपमा व्याख्या गरिन्छ भने, सामाजिक दृष्टिमा पनि यसको अलग व्याख्या भएकै छ । त्यसैले कहिलेकाहीँ विरोधाभाष पनि हो की जस्तो लाग्छ । त्यसबेला अमेरिका स्ट्यान्ड अप कमेडियन जेरी सेनफिल्डले क्लिभेजबारे भनेको चिज पनि सत्य हो कि जस्तो लाग्छ । उनले भनेका छन्– क्लिभेज हेर्नु भनेको सूर्यलाई हेर्नु जस्तै हो । तिमि हेरिरहेर बस्न सक्ने छैनौं, यो निक्कै जोखिमपूर्ण हुन्छ । तिमिले यसको आशय बुझ अनि हेर !
जे होस्, क्लिभेजलाई कसले कुन दृष्टिबाट व्याख्या गर्छ त्यो निजी विचार हुनसक्छ । यसको व्याख्याका पनि आयामहरू अनेक देखिएका छन् । कतिपयले क्लिभेजको सुन्दरता भन्दा सैनिकको कामको सुन्दरताको प्रशंशा गरेका छन् । लेखक निकोल सरजिन्जर भन्छन्– सैनिकहरू क्लिभेज भन्दा पनि सेक्सी देखिन्छन् ।















प्रतिक्रिया