शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

पहिरोसँगै खसेको ढुङ्गाले लागेर किशोरीको मृत्यु

दैनिक नेपाल २०७६ असार २७ गते २०:०७


रुकुमपश्चिम, २७ असार । आठबीसकोट नगरपालिकामा ढुङ्गाले लागेर एक बालिकाको मृत्यु भएको छ । पहिरोसँगै खसेको ढुङ्गा लाग्दा वडा नम्बर ५ गोतामकोट रिम्काकी १६ वर्षीया कौशिला बस्नेतको मृत्यु भएको हो ।

जलिगारबाट रिम्का जाँदै गर्दा फारुलाको भिरमा पहिरोसँगै आएको ढुङ्गा लाग्दा बस्नेतको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष प्रजित विकले जानकारी दिनुभयो । उहाँका अनुसार बस्नेतको आज बिहान १०ः०० बजे मृत्यु भएको हो । मृतक बस्नेत सरस्वती माध्यमिक विद्यालय मिग्रीमा कक्षा ८ मा अध्ययनरत हुनुहुन्थ्यो । –रासस

प्रतिक्रिया
सम्बन्धित