बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

कमला नदीको बाढीमा फसेका ५ जनाको उद्धारमा समस्या

दैनिक नेपाल २०७६ असार २७ गते १८:०३

काठमाडाैँ, २७ असार । सिरहामा बाढीका कारण कमला नदीको बाढीमा फसेका ५ जनाको उद्धारमा समस्या भएको छ । सिरहाको कल्याणपुर नपा ६ निर्दनामा पाँच जना र कर्जन्हा नगरपालिका २ को कमला नदीमा १ जना बाढीमा फसिरहेको प्रहरीले जनाएको छ ।

कमला नदीको मध्य भागमा गाई गोठ बनार बसेका कल्याणपुरका ५ जना फसेको प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले जनाकारी दिए ।

फसेकाहरुका उद्धारको लागि काठमाडौंमा हेलीकोप्टर तयारीमा रहेको अधिकारीले बताए । उनले सवै निकायसँग समन्वय गरेर उद्धारको प्रयास भइरहेको छ । तर, अत्यधिक बाढीका कारण उनीहरुको उद्धारमा समस्या आईरहेको जनाए ।

फसेकाहरुमा कल्याणपुर नपा ६ निर्दनाका रसिन्द्र दास ५०, सुकदेव दास ५५, कन्चन मण्डल ५०, कुनमा महतो ५० र उनकी श्रीमती नाम नखुलेको ४५ वर्षिय एकजना महिला रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित