बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

प्रधानमन्त्री ओलीको समन्वयमा मलंगवा-भारत सीमामा पानीको बहाव खुलाइयो

दैनिक नेपाल २०७६ असार २७ गते १७:२३

काठमाडाैँ, २७ असार । भारतसँगको समन्वयमा सर्लाहीस्थित मलंगवा-भारत सीमामा पानीको बहाव खुलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग समन्वय गरि पानीको बहाव खुलाइएको हो ।

सीमा क्षेत्रमा पानीको बहाव थुनिएपछि शुक्रबार बिहानैदेखि मलंगवा बजारका केही ठाउँ डुबान परेको थियो । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै बाढी, पहिरो गएका क्षेत्रमा उद्धारका लागि तदारुकताका साथ सुरक्षाकर्मी परिचालन गरेको बताएका छन्।

‘बाढीसँगै उद्दारका लागि तदारुकतासाथ सुरक्षाकर्मी परिचालन गरिएको छ र पूर्व सूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय छन्’ प्रधानमन्त्रीले भनेका छन्, ‘सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा दुई देशबीच समन्वय गरी बहाव खुलाउने काम भइरहेको छ ।’

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले पनि मलंगवा नगरपालिकाको गोरखकाली भन्ने ठाउँमा थुनिएको पानीको बहावलाई खुलाइएको जानकारी दिए । बागमती नदीका विभिन्न ठाउँमा बाँध फुटेर बस्ती जोखिममा परेको प्रजिअ राउतले बताए ।

प्रतिक्रिया
सम्बन्धित