बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

प्रदेश पाँच सरकारले तरकारी तथा फलफूलको विषादी जाँच गर्न थाल्याे

दैनिक नेपाल २०७६ असार २७ गते १७:२१

-प्रतिक पौडेल
भैरहवा, २७ असार । रुपन्देहीमा रहेको देशकै दोस्रो ठूलो विषादी अवशेष द्रुत विश्लेषण इकाई संचालनमा आएको छ । बेलहिया नाका बाट २० किमीको दुरीमा रहेको काठमाडौँ कालिमाटी बजारमा रहेको विषादी अवशेष द्रुत विश्लेषण इकाई पछिको दोस्रो ठूलो भनिएको बुटवल कृषि उपज थोक बजारभित्र सञ्चालित इकाई संचालनमा आएको हो ।

२०७४ साल भदौदेखि सञ्चालनमा आएको बुटवलस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला प्रदेश सरकारले सञ्चालनमा ल्याए सगै भारतबाट नेपाल ल्याइने तरकारी तथा फलफूलको जाँच गर्न बिहिवारबाट शुरु गरिएको छ । प्रदेश पाँच सरकारले मंगलवार प्रदेश कृषि निर्देशनालयबाट एक जना दक्ष जनशक्ति खटाएपछि प्रयोगशाला सञ्चालनमा आएको थियो । प्रयोगशाला जनशक्ती अभावका कारण बन्द थियो ।

प्रयोगशालामा तरकारी तथा फलफूलको विषादी परीक्षण हुँदै आएको थियो । यो ईकाइमा थोक बजारभित्र आएका तरकारी र फलफूलको विषादी परीक्षण नियमित हुँदै आएको थियो ।

जनशक्ति कम रहेको अवस्थामा पनि बिहिवारबाट भारतबाट भित्रिने तरकारी तथा फलफूलको नमुना परिक्षण थालिएको छ । प्रयोगशालामा खटिएका बालि संरक्षण अधिकृत रामवहादुर खत्रीका अनुसार बिहिवार नेपाल भारत सीमा नाका सुनौली हुदै नेपालमा ल्याइन लागेका फलफूल तथा तरकारीमा विषादी परीक्षणका लागि बुटवलमा ल्याइएको छ । बिहिवार ६ वटा नमुना परीक्षण गरिएको उनले बताए ।

यो प्रयोगशाला कर्मचारीको अभावमा दुइ महिनादेखि वन्द अवस्थामा रहेको थियो । बुटवलमा २०७३ सालमा स्थापना भएको प्रयोगशाला राम्रो अवस्थामा रहेको प्राविधिकहरु बताउछन । गत बैशाख २० गतेसम्म चेकजाचका काम हुदै आएकोमा त्यस यता कर्मचारीको अभावमा वन्द अवस्थामा थियो ।

यहाँ रहेका २ जना प्राविधिक कर्मचारी समायोजनको प्रक्रियामा अनेत्रै खटिएका थिए । यहाका पूर्व कर्मचारी बालि संरक्षण अधिकृत रामवहादुर खत्रीे पुनःयही खटाइएको छ । प्रदेश कृषि निर्देशनालयबाट पयोगशालामा उनी खटिएपछि मंगलवार तथा बुधवार केही फलफूल तथा तरकारी परिक्षण गरिएको थियो ।

बुटवलमै रहेको बुटवल कृषि उपज थोक बजार केन्द्रका केही फलफूल र तरकारीका नमुना जाच गरिएको थियो । भारतबाट भित्रिने तरकारी तथा फलफूलहरुको चेकजाँच व्यवस्थित गर्न ५ जना जनशक्ति आवश्यक हुने बताइन्छ । बुटवलमा रहेको प्रयोगशालामा आधा घण्टा भित्रमा विषादी जाँच गरेर रिपोर्ट दिन सकिने क्षमताका मेसिनरी उपकरण प्रयोगशालामा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित