बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

भक्तपुरको राधे राधेमा कामना सेवा बैंककोे ९३औं शाखा

दैनिक नेपाल २०७६ असार २७ गते १६:५४

काठमाडौँ, २७ असार । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा भक्तपुर मध्यपूर ठिमी महानगरपालिका– २६ स्थित राधे राधेमा आज शाखा सञ्चालनमा ल्याएको छ ।

राधे राधे शाखाका बैंकको ९३ औँ शाखा हो । बैंकका अध्यक्ष सुिदप आचार्य, संचालक तथा नायव महाप्रबन्धक हरि प्रसाद लम्सालले संयुक्त रुपमा कारोबार सुभारम्भ गरे ।

बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

काठमाडौँ–३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यो सँगै ९३ वटा शाखा तथा ४४ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवा प्रदान गर्दै आएको छ ।

साथै, बैंकले जुनसुकै शाखाबाट रकम झिक्ने र राख्न पाउने, इन्टरनेट बैंकि, मोबाइल बैंकिङ, सीआस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने योजना रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित