सोमबार, ६ साउन २०७६
DainikNepal.com
सोमबार, ६ साउन २०७६

छिमेकीको पर्खाल भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु

दैनिक नेपाल २०७६ असार २७ गते १६:३०

काठमाडाैँ, २७ असार । काठमाडौँको मुलपानीमा छिमेकी घरको पर्खाल भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

मुलपानी बाबाचोकमा टहरामा बस्दै आएका २० वर्षीया निलु यादव, ३५ वर्षीया सर्मिला यादव र कुन्दन यादवको मृत्यु भएको हो ।

बलराम खत्रीको पक्की घरको पर्खाल भत्किएर टहरामा खस्दा उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी वृत वौद्धका डीएसपी नरेन्द्र चन्दले जानकारी दिए ।

उनीहरु मजदुरी गरेर गुजारा चलाउँदै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित