बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ५ बजेसम्मका लागि बन्द !

दैनिक नेपाल २०७६ असार २७ गते १५:३५

काठमाडाैँ, २७ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान-अवतरण ५ बजे सम्मका लागि बन्द भएको छ ।

अवतरणका क्रममा रन-वे (धावनमार्ग) बाट चिप्लिएर दुर्घटना भएको यती एयरको जहाजलाई सुरक्षित तरिकाले निकाल्न समस्या भएपछि विमानस्थलको उडान-अवतरण प्रभावित भएको हो ।

जहाज दुर्घटनालगत्तै २ बजेसम्मका लागि बन्द गरिएको विमानस्थल ५ बजेसम्मका लागि सारिएको छ । जहाज घाँसेमैदानबाट बाहिर ल्याउन चुनौती रहेको विमानस्थलका प्रवक्ता प्रताप तिवारीले जानकारी दिए ।

नेपालगन्जबाट काठमाडौंका लागि उडेको यतीको नाइन एन एएमएम एटीआर जहाज बिहान ११:६ बजे रन-वेबाट चिप्लिएर घाँसेमैदान पुगेर धस्सिएको थियो ।

जहाज दुर्घटनामा सवार ३ जना घाइते भएका थिए । जहाजमा ६८ जना यात्रु र ४ जना चालकदलका सदस्य थिए । त्यसमा दुई जना भने बच्चा थिए । जहाजलाई आइपी पाइलट प्रमोद पौडेलले कमान्ड गरेका थिए ।

यो पनि पढ्नुहाेस् 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यतिको जहाज चिप्लियो, उडान ठप्प

 

प्रतिक्रिया
सम्बन्धित