बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

सुनसरीको सुकसेना गाउँ डुबानमा, सइको कमाण्डमा १० जना प्रहरी खटाइयो

दैनिक नेपाल २०७६ असार २७ गते १२:३२

काठमाडाैँ,  २७ असार । हिजोदेखि परेको अविरल वर्षाका कारण सुनसरीको हरिनगरा गाउँपालिका–५ स्थित सुकसेना गाउँ डुबानमा परेको छ ।

गाउँमा रहेका ६० घर डुबानमा परेको प्रहरीले जनाएको छ । बस्तीमा घुँडासम्मको पानी जमिसकेको छ । अहिले पनि त्यहाँ पानी परिरहेको छ ।

प्रहरीका अनुसार गाउँ नै डुबानमा परेपछि त्यहाँका स्थानीयलाई सुरक्षित स्थानका लागि हरिनगरा–४ मा रहेको श्री मावि स्कुल वसन्तपुरमा सार्न थालिएको छ ।

प्रभावित क्षेत्रमा अहिले सइको कमाण्डमा १० जना प्रहरी खटाइएको छ । डुबानमा परेको ठाउँ सुरक्षा बेसक्याम्प वसन्तपुरबाट १ किलोमिटर उत्तरमा पर्छ ।

प्रतिक्रिया
सम्बन्धित