बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

काभ्रेमा पहिरोले घर पुर्‍यो, एकै परिवारका दुई जनाको मृत्यु

दैनिक नेपाल २०७६ असार २७ गते १२:२५

फाइल तस्बिर

काठमाडाैँ, २७ असार । अविरल वर्षाका कारण घर भत्किँदा काभ्रेमा २ जनाको मृत्यु भएको छ।

बनेपा नगरपालिका-३ नालामा घर भत्किँदा ५० वर्षकी गोमा दंगाल र ७ वर्षीया सोहनी दंगालको मृत्यु भएको हो ।

घरमाथिबाट खसेको पहिरोले घरमा क्षती पुर्याउँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।  उनीहरु हजुरआमा-नातिनी हुन् ।

घटनामा परिवारका अरु ३ जना घाइते भएको काभ्रे प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित