बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

श्यामशरणसँग भेट भएको छैन : प्रचण्ड सचिवालय

दैनिक नेपाल २०७६ असार २७ गते ११:३८

काठमाडौं, २७ असार । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारतीय पूर्वविदेशमन्त्री श्यामशरणसँग गोप्य भेट नभएको बताइएको छ ।

प्रचण्ड सचिवालयका तर्फबाट प्रमूख स्वकीय सचिव गंगा दाहालले प्रष्टीकरण दिँदै भनेकी छन्,‘अध्यक्ष प्रचण्डका कुनै पनि कुटनीतिक भेटघाटहरु गोप्य र रहस्यमय छैनन् बरु ती पारदर्शी एवं पार्टी तथा सरकारी निकायहरुसँगको समन्वयमै भैरहेका छन् ।’

श्यामशरणसँग प्रचण्डको गोप्य भेट भएको भन्दै विवरणहरू बाहिर आएका थिए जसप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै दाहालले भनेकी छन्,‘त्यससँग जोडेर गरिएका प्रचारबाजीहरु असत्य, नियोजित र दुराषययुक्त छन् ।’

भारतबाट आउने विषादीयुक्त परिक्षण प्रकरणमा पनि प्रचण्डलाई जबर्जस्ती जोडेर गरिएको प्रचारको भत्र्सना गर्दै दाहालले भनेकी छन्,‘मुलुक र जनताको हितका लागि नेपाल सरकारद्वारा गरिएको र गरिनु पर्ने यस कामबारे अध्यक्ष प्रचण्ड सचेत र स्पष्ट हुनुहुन्छ ।’

उनले अघि थपेकी छन्,‘नेपालको रूपान्तरणका लागि ठूलो ऐतिहासिक भूमिका खेलेको नेपाली पत्रकार जगतबाट निरन्तर सत्य तथ्य समाचार मात्र आउने कुरामा हामी विश्वास व्यक्त गर्दछौं ।’

प्रतिक्रिया
सम्बन्धित