बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

वर्षाले देशका अधिकांश विमानस्थल बन्द

दैनिक नेपाल २०७६ असार २७ गते ११:२४

काठमाडाैँ, २७ असार । भारी वर्षाका कारण काठमाडौं बाहिरका विमानस्थलमा उडान प्रभावित भएको छ।

बिहीबारदेखि लगातार परिरहेको वर्षाले अधिकांश विमानस्थल बन्द रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताप तिवारीले जानकारी दिए ।

उनका अनुसार लुक्ला, भोजपुर, तुम्लिङटार, फाल्पु, लामिडाँडा र धनगढी विमानस्थल बन्द छन् । भैरहवा, पोखरा, विराटनगर र भद्रपुर विमानस्थल भने वर्षा भइराखे पनि उडान चलिरहेको तिवारीले बताए ।

प्रतिक्रिया
सम्बन्धित