बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

देशका केही स्थानमा धेरै ठूलो वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह

दैनिक नेपाल २०७६ असार २७ गते ११:१६

काठमाडाैँ, २७ असार ।  देशका केही स्थानमा धेरै ठूलो वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । आज बिहानैदेखि देशभर वर्षा जारी रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज  खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी र पूर्वका तराई र मध्य पहाडका केही स्थानमा धेरै भारी वर्षा हुने सम्भावना छ।

पूर्व र मध्य क्षेत्रका पहाडी भेगमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदीहरूमा जलको बहाव बढ्न सक्ने उल्लेख गर्दै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

साथै, देशभर हवाई तथा सडक यातायातमासमेत अवरोध आउने सक्ने महाशाखाले जनाएकाे छ । खासगरी आगामी २४ घन्टा अति सजग रहन महाशाखाका माैसमविद्काे आग्रह छ।

मौसमविद्का अनुसार हाल मनसुन न्यूनचापिय रेखा नेपालको तराईको भूभागमा अवस्थित छ र यो सँगै मध्य र पूर्वी भूभागमा रहेको न्यून चापीय क्षेत्रका कारण आगामी २-३ दिनसम्म मनसुन अति सक्रिय भैरहने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको आगामी तीन दिनसम्मको मौसम अनुमान यस्तो छ :

असार २७ गते (शुक्रबार)

दिउँसोः देशभर अधिकांश वदलि रही धेरैजसो स्थानहरुमा वर्षा हुनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहमा अति भारी वर्षासमेत हुनेछ। देशका केही स्थानमा हावाहुरीको सम्भावनासमेत छ।

रातिः देशभर अधिकांश बदली रही धेरैजसो स्थानमा वर्षा हुनेछ। खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुने छ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँमा धेरै भारी वर्षासमेत हुनेछ। देशको केही स्थानमा हावाहुरीको सम्भावना पनि छ।

असार २८ गते (शनिबार)
दिउँसोः देशभर व्यापकक्षेत्रमा वर्षा जारी रहनेछ। खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहमा धेरै भारी वर्षासमेत हुनेछ। देशको केही स्थानमा हावाहुरीको सम्भावना छ।

रातिः देशभर व्यापकक्षेत्रमा वर्षा जारी रहनेछ। खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहमा धेरै भारी वर्षासमेत हुनेछ। देशको केही स्थानमा हावाहुरीको सम्भावना छ।

असार २९ गते (आइतबार)
दिउँसोः देशभर व्यापकक्षेत्रमा वर्षा जारी रहनेछ। खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँमा धेरै भारी वर्षासमेत हुनेछ।

राति : देशभर व्यापकक्षेत्रमा वर्षा जारी रहनेछ। खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँमा धेरै भारी वर्षासमेत हुनेछ।

प्रतिक्रिया
सम्बन्धित