बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमनमा पुगे मन्त्री खनाल, दिए यस्तो निर्देशन

दैनिक नेपाल २०७६ असार २७ गते ११:०५

काठमाडाैँ, २७ असार । विहीबारदेखि परिरहेको पानी आज पनि राेकिएको छैन । काठमाडाैँ उपत्यका लगायत देशका धेरै ठाउँमा पानी परिरहेको छ । पानी परेपछि राेपाईँ नभएका क्षेत्रका किसानहरु खुशी पनि भएका छन् ।

यता, कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाललाई भने पानीको कुनै प्रवाह रहेन । उनी शुक्रबार बिहानै छाता ओढेर कालीमाटी  फलफूल तथा तरकारी बजारको अनुगमनमा पुगेका छन् । उनले फलफूल तथा तरकारी बजारका तरकारी परीक्षण प्रयोगशाला अनुगमन गरेका हुन् ।

पछिल्लो सयम भारतीय तरकारी बजारको परीक्षण सुरु गरिएको र भारतको दबाबमा पुनः चेकजाँच गर्न छाडिएको प्रसंग चर्चामा रहेका बेला मन्त्री खनालले कालिमाटी तरकारी बजारमा रहेको प्रयोगशालामा हुने नियमत चेकजाँच अनुगमन गरेका हुन् ।

कालिमाटीमा तरकारीहरूको नमुना परीक्षण नियमित हुने गरेको छ । कुनै पनि आयातमा रोक लगाइएको छैन।

अनुगमन क्रममा उनले कुन स्थानबाट आएका तरकारी कस्ता छन्, स्थलगत अध्ययन गर्ने तथा फरक–फरक तकारीको समेत अध्ययन गरी ३ दिनभित्र रिपोर्ट बुझाउन केन्द्रीय कृषि प्रयोगशालालाई निर्देशन दिएका छन्।

कालिमाटीमा रहेको केन्द्रीय प्रयोगशालामा कार्यरत कर्मचारीले मन्त्री खनालसँग प्रयोग भएका कूल ४५ प्रतिशतभन्दा धेरै मात्रामा विषादी अवशेष प्रयोग भएको तरकारी तथा फलफूल स्वास्थ्यका दृष्टिले प्रयोग गर्न अयोग्य रहेको ब्रिफिङ गरेका थिए।

विश्व बजारमा पाइने २२ प्रकारका विषादी नेपालमा प्रतिबन्ध नै लगाएको र हाल प्रयोगमा आएका विषादी पनि मानव स्वास्थ्यका लागि हानिकारक रहेको उल्लेख गर्दै मात्रा हेरेर खानुपर्ने कर्मचारीले बताए।

प्रतिक्रिया
सम्बन्धित