बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

रंगेलीमा गेउरिया खोलाले डाइभर्सन बगायाे, एक जना बेपत्ता

दैनिक नेपाल २०७६ असार २७ गते ९:१२

विराटनगर, २७ असार । मोरङ जिल्लाको रंगेलीमा गेउरिया खोलाले डाइभर्सन बगाएको छ ।

अविरल वर्षाको कारण बाढीले डाइभर्सन बगाएपछि सवारी आवागमन बन्द भएको छ । बिहीबार साँझ डाइभर्सनसँगै मोटरसाइकलमा रहेका एक व्यक्तिलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

खोलाले बगाएर बेपत्ता भएका व्यक्तिको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । बेपत्ता भएका ब्यक्तिको पहिचान भएको छैन ।

लगातारको वर्षाका कारण सिँगिया र बक्राहा खोला आसपासको सुकुम्बासी बस्तीका १ सय ५० भन्दा मानिस विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित ठाउँमा सार्ने काम भैरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विराटनगरको दक्षिणी भाग रानी आसपासको क्षेत्र पनि डुबानमा परेको छ ।

प्रतिक्रिया
सम्बन्धित