बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

सिक्किममा शिक्षक सुब्बाले भने, ‘आज गाई नखा भन्नेले भोलि गोरु पनि नखा भन्न सक्छ’

दैनिक नेपाल २०७६ असार २७ गते ८:०८

जगन दाहाल

गान्तोक । सिक्किम प्रोग्रेसिभ युथ फोरमले आज आफ्नो त्रैमासिक पत्रिका ‘नयाँ दृष्टिकोण’- को तेस्रो अङ्क सार्वजनिक गरेकाे छ ।

प्रेस क्लब अफ सिक्किमको सम्मेलन कक्षमा आयोजित एक कार्यक्रमबीच लोकार्पित उक्त पत्रिकामा सम्पादकीय सहित अङ्ग्रेजी अनि नेपाली भाषाका  १८ वटा लेख अनि कविता प्रकाशित छन् ।

लोकार्पण कार्यक्रममा विशिष्ट अतिथि रहेका साहित्यकार तथा शिक्षिक विजयकुमार सुब्बाले कार्यक्रममा उपस्थित युवा तथा विद्यार्थीलाई समाजमा उभिइरहेको अवैज्ञानिक कुराहरूको विरोधमा उत्रिनुपर्ने बताए ।

उनले पूर्वकाल जस्तै दलितहरूमा अत्याचार भइरहेको आरोप लगाउँदै आज गाईको मासु नखा भन्नेले भोलि गोरूको मासु पनि नखा भन्न सक्नेछन् भन्दै कुनै कुराको मासु खाँदा आफू नर्कमा गइन्छ भने नर्कमा गएर पनि प्रगतिवादी सोचर र आवाज उठाउने काम गर्नेछु भनेका छन् ।

अर्कोतिर उनले विशेष साहित्यिक कार्यक्रमहरूमा प्रत्येक नेपाली भाषीहरूलाई बोलाउनुपर्छ भन्दै सिक्किममा आयोजन हुने भानु जयन्ति जस्तो कार्यक्रममा पनि सम्पूर्ण नेपाली भाषीहरूलाई नबोलाएर केवल विशिष्ठ वर्गका व्यक्तिहरूलाई मात्र बोलाउने गरेको कार्यको पनि विरोध गरेका छन् ।

उनले अहिले सिक्किमका गाउँ गाउँमा प्रतिक्रियावादी शक्तिहरू खाष्टो ओडेर लुकेर साहित्यकारहरूलाई अभिनन्दन गर्दै हिँडादैछन् भन्दै साहित्यिकारहरूलाई अभिनन्दन गर्नेहरूप्रति ह्रोस प्रकट गरेका छन् ।

उनले च्याखुङ स्कूलमा बिलिकामाथि आफ्नै शिक्षकले लगातार एक वर्षसम्म गरेको यौन दुराचारको विरोधमा निस्किएको जुलुसमा आफूहरू सामेल नभएर रमिता हेर्दै उभिने मानिसहरूलाई भूसले भरेको बोराको संज्ञा दिएका छन्।

शिक्षक सुब्बाले भोलिको सिक्किमको समाजको ब्लू प्रीण्ट सिक्किम प्रोग्रेसिभ युथ फोरमको हातमा तयार गर्नुपर्छ भन्दै सिक्किमलाई प्रगतिशील बनाउन युवाहरूको भुमिका हुनुपर्ने पनि बताए।

प्रतिक्रिया
सम्बन्धित