बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

रक्सी पिएर भाजपाका सांसदले काण्ड मच्चाउँदा…

दैनिक नेपाल २०७६ असार २७ गते ६:४६

नयाँदिल्ली ।भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विधायक कुंवर प्रणव सिंह च्याम्पियनको एक अनौठो भिडियो यतिबेला सामाजिक संजालमा भाइरल नै भएको छ ।

जसकारण प्रणव सिंह र उनी सम्वद्ध पार्टी भाजपाबारे व्यापक टिकाटिप्पणी हुन थालेको छ । उत्तराखण्डका विधायक प्रणव सिंहले चार–चारवटा बन्दक बोकेर नाचिरहेको भिडियो भाइरल बनेको हो ।

जहाँ उनी आफ्ना सहयोगी तथा साथीहरुमाझ रमाइरहेका छन् । रक्सी पिएर बन्दुक बोक्दै नाचिरहेका उनलाई साथीहरुले साथ दिइरहेका पनि छन् ।

बलिउड गीतमा नाच्दै गरेका उनले दुई हातमा एक–एकवटा पेस्तोल बोकेर मुखमा समेत च्यापिरहेको अवस्थामा भिडियोमा देखिएका छन् । साथै सहयोगीले अर्को हतियार पनि दिन्छन् । यसरी पालैपालो चारवटा हतियार बोकेर नाचिरहेको भिडियो सार्वजनिक भएको हो ।

विधायक प्रणव सिंहले भने आफू परिवारका साथ यसैगरी रमाइलो गर्ने प्रतिक्रिया दिएका छन् । बाल्यकालदेखि नै हतियारसँग खेल्ने गरेको र यस्तो बानी नै रहेको उनको भनाइ छ । घरभित्र बसेर रक्सी पिउने र लाइसेन्स सहितको हतियार बोक्नु कानुन सम्मत भएको उनको जवाफ छ ।

उनले आफूले लिएका हतियार लाइसेन्स सहितका रहेको पनि बताए । साथै उनले उक्त भिडियोले आफ्नो गोपनीयता भंग भएको भन्दै मिडियासामु असन्तुष्टि व्यक्त गरेका छन् । यस्तै उनले उक्त भिडियो ‘एडिटेड’ रहेको पनि बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित