बुधबार, १ असोज २०७६
DainikNepal.com
बुधबार, १ असोज २०७६

आठ लाख रुपैयाँ घुससहित विपि स्वास्थ्य विज्ञानका उपकुलपति नियन्त्रणमा

दैनिक नेपाल २०७६ असार २६ गते २१:४४


धरान, २६ असार । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियार र उनका भतिजा डा. रामहरि रौनियार आठ लाख रुपैयाँ घुस रकमसहित अख्तियारको नियन्त्रणमा ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई विशेष सूचनाको आधारमा उनीहरुलाइ पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीहरुलाई उपकुलपतिको निवास धरानबाट रंगेहात पक्राउ गरिएको हो ।

कोइरालाले भने ‘प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत दुई जनाले सेवाग्राहीसँग ८ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो’ ।

थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित