शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

अस्ट्रेलियावासी नेपाली कानुनकर्मी तिमल्सिनाविरुद्ध बलात्कारको उजुरी

दैनिक नेपाल २०७६ असार २६ गते १६:१६

काठमाडौं, २६ असार । अस्ट्रेलियामा वकालत गरिरहेका खिलेन्द्र तिमल्सिनाविरुद्ध काठमाडौं कालिमाटीस्थित प्रहरीको महिला सेलमा बलात्कार गरेको उजुरी दर्ता भएको छ । यो उजुरी अरु कसैले नभएर तिमल्सिनाले बिहे गरी धोका पाएकी एक युवतीले गरेकी हुन् ।

सिड्नी सहरमा बस्ने वकिल तिमल्सिनाले धेरैको घरबार तोडेका छन् । उनको नारा नै हुन्छ ‘गेट डिभोर्स ।’ अर्थात् सम्बन्ध विच्छेद गर । तर उनलेचाहिँ अहिलेसम्म बिहे गरेकी युवतीले सम्बन्ध विच्छेद माग्दा पनि दिएका छैनन् । बरु, बलात्कार गरेको भन्ने उजुरी प्रहरीकहाँ परेको छ ।

‘मलाई बलात्कार गरेका हुन्, त्यहाँमाथि ब्ल्याकमेलिङ पनि गरिरहेका छन् । कतिपय मेरा नग्न तस्बिर खिचेर राखेका छन्’, पीडित युवतीले भनिन्,‘त्यहि भएर न्याय माग्नका लागि कानुनको कठघरासम्म पुग्न परेको हो ।’

उनले विभिन्न हिसाबले गाली गरेका, धम्क्याएका र तँइले केही पनि गर्न सक्तिनस भन्नेसहिका अडियो र भिडियो संवादका रेकर्ड पनि प्रहरीसम्म पुगेको छ । प्रहरीका अनुसार बलात्कार आरोप लागेका तिमल्सिनालाई झिकाउनका लागि आवश्यक कारबाही हुनेछ । ‘प्रक्रिया बुझेर उनलाई काठमाडौं झिकाउने काममा इन्टरपोल र अस्ट्रेलिया प्रहरीसँग पनि सहकार्य हुन सक्छ’, प्रहरी स्रोतले भन्यो । महिला सेलमा १४६६ नम्बरमा उनको उजुरी दर्ता छ ।

प्रेम, बिहे र बलात्कार !

पीडितका अनुसार ६ महिनासम्म रोईकराई गरेर मोहजालमा पारे, बिहे गरे । हनिमुनका लागि पोखरादेखि अनेक सहर पनि गए । त्यहि क्रममा उनको नग्न तस्बिर खिचे, अहिले चरित्रको बाहनामा घरपरिवारदेखि अन्य सदस्यलाई सोही तस्बिर देखाएर ब्ल्याकमेलिङ गरिरहेका छन् । अनिच्छाका आधारमा यौन शोषण पनि गरे ।

‘पति भएर मेरो चरित्रको धज्जी उडाउनेलाई म छाड्नेवाला छैन, उसले मलाई दिनु सम्मको मानसिक यातना दिएको छ’, पीडितले भनेकी थिइन् । उनले केही दिन अघिमात्र उजुरी दर्ता गरेकी हुन् ।

पत्नीका रूपमा भिसा पठाएर अस्ट्रेलिया समेत घुमाइसकेका तिमल्सिनाले नेपाल आएका बेला ‘भावनात्मक दबाबमा पारी ढाँटेर आफूसँग बिहे गरेको’ ति युवतीको आरोप छ ।

‘तैपनि मैले बिहेलाई स्वीकार गर्छु, यस्तो परियो भन्ने ठानें । तर, उनी मसँग पर बस्ने, पत्नीको व्यवाहार नगर्ने, मेरा आपत्तिजनक तस्बिर आफ्ना सर्कलमा पठाउने र अनेकथरी भन्ने गरे । आजित भएर म मिडिया र प्रहरीसम्म पुग्न बाध्य भएँ’, उनले भनिन् ।

विर्तामोड नगरपालिकामा १२ चैत, २०७४ मा दुवै जनाको सामाजिक परम्पराअनुसार बिहे गरेको ‘बिबाह दर्ताको प्रमाणपत्र’ पनि दिएको छ । जसको ‘नोटरी प्रमाणित गरी’ पत्नीका रूपमा पीडितलाई एक पटक अस्ट्रेलिया घुमाएका थिए, तिमल्सिनाले ।

तिमल्सिनाले फेक फेसबुक आइडी ‘सिरा राजा’को नामबाट पनि पत्नीलाई बारम्बार मानसिक यातना दिएका छन् । उनले पत्नीसँग गरेका भाइबरलगायतका अन्य संवादमा पनि अश्लील शव्दको प्रयोग ज्यादा गरेका छन् । पीडितका दाजुका अनुसार घरपरिवारलाई दबाबमा राख्नका लागि तिमल्सिनाले अनेक प्रकारका हत्कण्डा गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित