बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

प्रहरीका ३ सय ६६ असई बढुवाका लागि सिफारिस

दैनिक नेपाल २०७६ असार २६ गते १४:०३

काठमाडाैँ, २६ असार । नेपाल प्रहरीका ३ सय ६६ जना प्रहरी सहायक निरीक्षक असईको बढुवा सिफारिस भएको छ ।

प्रहरी प्रधान कार्यालयले ३ सय ६६ जना असईको सईमा बढुवा सिफारिस गरेको हो ।

बढुवा समितिको निर्णय अनुसार ३ सय ६६ जना असईलाई सईमा बढुवा गरिएको समितिका सदस्य सचिव डिएसपी सुवाचन्द्र बोहराले जारी गरेको सूचनामा उल्लेख छ ।

बढुवा समितिको बुधबार बसेको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो।

बढुवा सिफारिसमा सात दिनभित्र उजुरी नआए स्वतः बढुवा हुने प्रावधान नियमावलीमा रहेको छ।

हेर्नुहाेस् सूची :

प्रतिक्रिया
सम्बन्धित