बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

निर्मला पन्त र शनि खुनाकी आमालाई नगरपालिकामा जागिर !

दैनिक नेपाल २०७६ असार २६ गते १३:३८

काठमाडाैँ, २६ असार । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमालाई भीमदत्त नगरपालिकाले जागिर प्रदान गरेको छ ।

जीवन निर्वाह गर्न मुस्किल भएपछि आमा दुर्गादेवी पन्तलाई भीमदत्त नरपालिकाले जागिर दिएको हो । हाल कर्मचारी भर्ना गर्न पाउने व्यवस्था आफूहरुको हातमा नरहेपनि सरकारले तोकेको दैनिक ज्यालादारीमा दुर्गादेवीलाई राखिएको भीमदत्त नगरपालिकाका प्रमुख मेयर सुरेन्द्र विष्टले जानकारी दिए ।

तत्कालका लागि छोरीहरुलाई पढाउन र घरखर्चका लागि सहयोग पुगोस् भनेर उनको क्षमता र योग्यताअनुसार सहयोग गरेको मेयर विष्टले बताए । दीर्घकालीन व्यवस्थापन गर्न सकिएछ भने पछि त्यो पनि गर्ने उनले जनाए ।

विष्टले निर्मलाको न्यायको निम्ति भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका शनि खुनाकी आमालाई पनि नगरपालिकाले दुर्गादेवीलाई जस्तै सहयोग गरेको जानकारी दिए ।

निर्मलाका बाबु यज्ञराज पन्त कान्छी श्रीमतीसँग छुट्टै बस्छन् । निर्मलाकी आमा दुर्गादेवीलाई जीविकोपार्जनमा निकै समस्या छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित