बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

सरकार र विपक्षी दलहरूको सम्बन्ध तनावपूर्ण, कसले थप्दै छ घ्यू ?

दैनिक नेपाल २०७६ असार २६ गते १०:३५

काठमाडौं, २६ असार । विपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को लगातारको अबरोधले संसदको बैठक दुई पटक प्रभावित बन्न पुगेको छ ।

सर्लाही जिल्लामा भएका दुई वटा घटनालाई लिएर कांग्रेस र राजपाले सदन अबरोध गरेका हुन् । संसदको बैठकमा सम्बोधन गर्ने क्रममा गृहमन्त्री रामबहादुर थापाले सर्लाहीमा भएका दुबै घटना छानविन गर्न संसदले संसदीय छानविन समिति बनायो भने आफूलाई कुनै समस्या नहुने बताएका थिए ।

गृहमन्त्री नै संसदीय समिति बनाउन तयार भइसकेपछि सभामुख कृष्णबहादुर महरा संसदीय छानविन समिति बनाउन किन अनिइच्छुक देखिए आशंका उब्जिएको छ ।

पहिलो दिनको संसद अबरोध हुँदा सहज रुपमा सभामुख महराले संसद स्थगित गरेका थिए । तर, दोस्रो पटकको बैठक अर्थात बुधबार संसदमा सभामुख र कांग्रेस तथा राजपाबीच तानवपूर्ण स्थिति निर्माण भयो ।

दुई ठूलो विपक्षी दलको अबरोध हुँदाहुँदै सभामुख महराले सदन पेलेरै चलाए । ठूलो संख्यामा मर्यादापालकहरूलाई उपस्थित गराएर महराले सदन चलाएका थिए ।

नेपाली कांग्रेस र राजपाका सांसदहरूले बुधबारको बैठकमा बोल्न समय माग गरेका थिए । उनीहरूलाई सभामुख महराले बोल्न समय दिएनन् । बरु महराले ‘माननीयहरूले हिजै कुरा राखेको’ भनेर बोल्न समय नदिएर पोलेरै अगाडि बढे ।

आखिर महराले किन कांग्रेस र राजपालाई बोल्न समय दिएनन् खोजीको विषय बनेको छ ।

संसद बैठक सकिएपछि नेपाली कांग्रेसका सांसद गगन थापाले सभामुख महरा प्रधानमन्त्री केपी ओलीको छायाँमा परेको टिप्पणी गरे । उनले सभामुख सबैको साझा व्यक्ति बन्न नसकेको आरोप लगाए ।

दुई वटा विपक्षी दलसँग प्रधानमन्त्री ओलीको सम्बन्ध बिग्रिने गरेरर संसदमा कसले भूमि खेलिरहेको छ ? भन्ने कुरामा पनि आशंका उत्पन्न भएको छ ।

केही समय अगाडि प्रधानमन्त्री ओलीले विपक्षी दलहरूसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताएका थिए । प्रधानमन्त्री ओलीले सबै स–साना कुरा डिलिङ गर्दै हिँड्ने कुरा पनि आउँदैन । तर, सरकार र विपक्षी दलबीचको सम्बन्धलाई झन् तनावपूर्ण बनाइदिने खालका कार्य कसैबाट गर्न नहुने नेकपाका एक जना सांसदले बताए ।

बुधबारको घटनाले विपक्षी दल र सरकारबीच पुनः संसदमा द्वन्द्व उत्पन्न भएको छ । यो घटनालाई छिटोभन्दा छिटो समाधान गर्नुपर्ने एमाले पृष्ठभूमि भएका सांसदहरूको माग छ ।

प्रतिक्रिया
सम्बन्धित