३० आश्विन २०८३, शुक्रबार

एनआरएनए अध्यक्षमा अनुजा प्रधानद्वारा उमेद्वार घोषणा

6.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेल्जियम । गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी बेल्जियमकी उपाध्यक्ष अनुजा प्रधानले एक प्रेश भेटघाट गर्दै एनआरएनए एनसीसी बेल्जियम (२०१९–२०२१) को लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन् ।

व्यवसायी तथा सामाजिक अभियन्ता अनुजा प्रधान एनआरएनए बेल्जियममा होनाहार सक्रिय महिला हुन् । एनआरएनए तथा महिला उत्थानका कार्यक्रममा उनले प्राय नेतृत्वदायी भूमिका निभाएकी हुन्छिन ।

सामाजिक अभियानहरु हुन् वा महिला समस्याका कुराहरू हुन् अनुजा इमान्दारीपुर्वक भूमिका निभाउन सफल छन् । उनलाई जुन अभियानले जन्मायो एकपटक त्यो अभियानको नेतृत्वमा लैजादा न्याय हुने देखिन्छ’-भन्नेहरु समाजमा धेरै छन् ।

‘हामी महिलाहरु कतिन्ज्याल सहायक भूमिकामा बस्ने ? आदरणीय दिदीहरु र दाजुहरुको पसिनाले हुर्केको एनआरएनए बेल्जियममा हामीले नेतृत्व गर्न किन नसक्ने ? हामी महिलाहरु बेल्जियमको नेपाली समाजको आधि हिस्सा हो । हामी महिलाहरु राजनीतिक रुपले विभाजित नभैकन एक ढिक्का भयौं भने नेतृत्वमा पुग्न कसैले रोक्न सक्दैन’, अनुजाले आफ्नो उमेद्वारी घोषणा गर्दा भाबुक हुदै भन्दै थिइन, ‘अब सम्पूर्ण महिलाहरु एक जुट बनेर नेतृत्वमा पुन हस्तक्षेप गर्ने बेला आएको छ। हामी एक भयौं भने हामीले जितेर देखाई दिन्छौं। सम्मानित दिदीलाई अन्तराष्ट्रिय सचिब जस्तो गरिमामय पद कसैले उपहार दिएको हैन। उहाँले लडेर लिनुभएको हो। अन्तराष्ट्रिय महिला संयोजक, उपाध्यक्ष, आइसीसीमा समेत धेरै दिदीहरु पुगी सक्नु भएको छ ।’

हामी पर्ख र हेर हैन संघर्ष गर, लडाई जित र पद खोसेर लेउ भन्ने नारा सहित चुनाबको मैदानमा जानुको विकल्प छैन। हामी हेपिएका छौ भनेर मात्र हुदैन उनि बोल्दै गइन, ‘हाम्रो आवाज बुलन्द पारौं र सम्झौताहीन ब्यालेटको लडाइमा आमा,दिदी बैनी र हाम्रो अभियानलाई साथ दिने सम्पूर्ण दाजुभाइहरु मौरीझैँ एकाकार बनेर लागौं । मेरो सम्पूर्ण आमा, सानिमा, दिदी बहिनी र अग्रजहरुलाई अनुरोध छ अब नारी हिम्मतलाई मर्न नदिउँ ।’

अन्तमा उनले सम्पूर्ण महिलाहरुलाई संकेत गर्दै थपिन,’महिलाहरुलाई आरक्षणमुखी निरिह सहयोगी बनाउने चलन बदल्नु छ,नारीलाई नेतृत्व गर्न सक्ने स्वाभिमान अभियन्ता बनाएर सामाजिक रुपान्तरणमा महिलाहरुको जिम्मेवारी गर्जन सहित पुरा गर्न मेरो उमेद्वारी हो। सम्पूर्ण जागृत नारीमनहरुलाई मेरो सम्मान छ, नारी एकता जिन्दाबाद !’

यही १० जुलाईमा एक प्रेसमिट गर्दै उनले एनआरएनएका अग्रज अभियन्ताहरु र साथीहरूसँगको परामर्शमा आँफुले अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने मनस्थितिमा पुगेको र कुनै हालतमा आफ्नो उमेद्वारी नझिक्ने बताइन ।

अनुजाले एनआरएनए बेल्जियमको महासचिव भएर कार्यकाल पूरा गरी अहिले २०१७–२०१९ मा उपाध्यक्ष रहेर सफलतापूर्वक आफ्नो कार्यकाल पूरा गर्दै छन् ।