बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

सिभिल बैंक लिमिटेडको नयाँ शाखा बाराको गंजभवानीपुरमा

दैनिक नेपाल २०७६ असार २५ गते १९:०७

काठमाडौँ, २५ असार । सिभिल बैंकले आफ्नो शाखा विस्तारको क्रममा बाराको गंजभवानीपुरमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन महागढीमाई नगरपालिकाको मेयर उपेन्द्र प्रसाद यादवले गर्नुभयो ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठ, सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
महागढीमाई शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ९१ पुगेकोे पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित