बुधबार, १ असोज २०७६
DainikNepal.com
बुधबार, १ असोज २०७६

चितवनमा यस्ता छन् विप्लवका धुन्दुकारी छोराकाे हर्कत, व्यापारीहरूको भागाभाग

दैनिक नेपाल २०७६ असार २५ गते ११:२१

भरतपुर, २५ असार । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भूमिगत रुपमा चलाएको आपरधिक गतिविधि फेरि बढ्न थालेका छन् ।

विप्लव समूहका हिंसात्मक गतिबिधीलाई सरकारले नियन्त्रण गर्न लागिरहेका बेला भोजपुरमा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भइसकेको छ । घटनामा एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ ।

सत्तारुढ नेपाल कम्यनिस्ट पार्टीका जनार्दन शर्मालगाययतका नेताहरूले विप्लवमाथि सरकारले गरेको कारवाहीको बिरोध गरेका कारण विप्लव समूहको मनोबल बढाउँदै आक्रमणमा उत्रेको टिप्पणी हुन थालेको छ ।

स्रोतका अनुसार विप्लवले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहबाट ग्रिन सिग्नल पाएपछि अहिले आफ्ना मातहत रहेका सबै संगठनलाई कृयाशील बनाउँदै प्रतिकारमा उत्रन निर्देशन दिएको चर्चा हुन थालेको छ ।

चितवन प्रचण्डको गृह जिल्ला हो । केही समय भूमिगत रहेका विप्लवका छोरा प्रकाश चन्द यतिखेर चितवनमा खुलमखुला राजनीतिक गतिबिधी गर्न थालेको प्रहरी स्रोतले बताएको छ ।

विप्लव समूहको गतिविधी प्रतिबन्ध लगाउने सरकारको निणर्य लगतै विप्लव समूहले स्थानीय निकाएको भवनमा बम बिष्फोट गराएको थियो ।

भरतपुर महानगरपालिकाको ५ वडाको भबनमा बम बिष्फोट गराएको घटनामा प्रकाश मुछिएका थिए । त्यसपछि फरार रहेका उनी अहिले चितवनमा बसेर राजनीतिक गतिबिधीदेखि चन्दा संकलनमा सकृय हुन थालेको भरतपुरका एक व्यवसायीले बताएका छन् । चन्दा रकम नदिए प्रकाश चन्दको समूहले कारबाहीको धम्की दिएको ती व्यापारीले बताए ।

अहिले चितवनमा खुलमखुला गतिबिधी गर्दै हिंडेका प्रकाश चन्दप्रति पछिल्लो समय भरतपुर महानगरपालिकाकी प्रमुख मेयर रेनु दाहाल समेत नरम देखिएकी छिन् ।

विप्लव समूहले भरतपुरका स्थानीय निकायका प्रतिनिधीलाई मात्र होइन रेणु दाहाललाई समेत राजीनामा दिन पत्र नै पठाएर चेतावनी दिएको थियो । तर पछिल्लो समय भित्रभित्रै रेणु दाहालसँग वार्ता भएपछि विप्लव समूहले चितवनमा गतिबिधी गर्न छुट पाएको नेकपा चितवनभित्रै चर्चाको विषय बनेको छ ।

भर्खरै एमबिबिबिएस पास गरेका प्रकाश चन्दले स्वास्थ्य शिबिरको आबरणमा बिभिन जिल्लाका ठाउँमा आफ्ना गतिबिधी बढाउँदै लगेका छन् ।

प्रकाश चन्दलाई उनी अध्ययन गरेको संस्था चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र केही अस्पतालहरूले स्वास्थ्य शिबिरका लागि सहयोग गर्दै आएका छन् ।

केही दिन अगाडि प्रकाश चन्दले कपिलवस्तुस्थित आफ्नै घर रहेको गाउँमा स्वास्थ्य शिविर चलाएका थिए । त्यस बेला तिनै मेडिकल कलेजहरूले सहयाेग गरेका थिए ।

बीबीसीसँगको अन्तर्वार्ताका क्रममा प्रकाश चन्दले बुवा यही अवस्थामा राजनीतिक मूलधारमा आउनु हुँदैन र मूलधारमा ल्याए पनि मान्दैनौँ भनेर सरकारलाई चेतावनी दिएका थिए ।

यसबाट पनि उनी मेडिकल शिक्षाको आबरणमा हिंसात्मक गतिबिधीमा केन्द्रित छन् भन्ने बुझिन्छ ।

चितवन प्रहरी पनि प्रकाश चन्दका गतिविधिबाट जानकार छ । तर, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र प्रचण्डको दवावमा केही गर्न नसकेको एक उच्च प्रहरीले गुनासो गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित