बुधबार, १ असोज २०७६
DainikNepal.com
बुधबार, १ असोज २०७६

कांग्रेस युवा नेता थापा अमेरिकी सूचक !

दैनिक नेपाल २०७६ असार २५ गते ९:४८

काठमाडौं, २५ असार । नेपाली कांग्रेसका युवा नेता गगन थापा अमेरिकी सूचक रहेको विवरण सार्वजनिक हुन थालेका छन् ।

हालै मात्र सामाजिक सञ्जालमार्फत उनी अमेरिकाका लागि कार्यरत रहेको एउटा रिपोर्टका अंशहरू सार्वजनिक गरिएका छन् । ११ बर्षअघि नेपालमा भएको पहिलो संविधानसभाको निर्वाचनका निम्ति अमेरिकाले तयार पारेको आन्तरिक रिपोर्टमा तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला र नेपाली कांग्रेसको चुनावी अवस्था कस्तो हुन्छ भन्ने प्रक्षेपणमा थापासँग लिइएको राय उल्लेख छ ।

सो क्रममा हाल नेपालका लागि अमेरिकी राजदूत रहेका रेन्डी बेरीले तयार पारेको प्रतिवेदनमा थापालाई ‘कि एम्बेसी कन्ट्याक्ट’ अर्थात् दूतावासका खास सूचकका रूपमा व्याख्या गरिएको छ ।

यी विवरणसँगै केही महिनाअघि मात्र अमेरिकाको हार्डवर विश्वविद्यालयमा अध्ययनका निम्ति अमेरिकी खर्चमा नै थापा त्यहाँ पुगेको विषयले सार्वजनिक भएका विवरण पुष्टि गर्ने आधारशुत्र मानिन थालिएको छ ।

उनै बेरी हाल राजदूत रहेका बेलामा थापा ‘ग्लोबल लिडरसीप एन्ड पब्लिक पोलिसी फर २१ सेन्चुरी’को तालिमका लागि केनेडी स्कुलमा पुगेको तस्बिर दूतावासले जारी गर्दै आधिकारीक ट्वीटरमार्फत लेखेको थियो– हेर्नुस त, स्कुलमा को पढ्दैछ ।’

त्यसबेला जारी गरिएको रिपोर्टमा तराईमा नेपाली कांग्रेसको अवस्था कमजोर हुने र फाइदा नेकपा एमालेलाई पुग्न सक्ने थापाको विश्लेषण उल्लेख गरिएको थियो । साथै, तत्कालिन प्रधानमन्त्री तथा कांग्रेस सभापति कोइराला कमजोर रहेका कारण पार्टीलाई नोक्सान हुने उल्लेख थियो ।

त्यसबेला मधेसमा चर्को आन्दोलन चलेका कारण मूलधारका पार्टीको चुनावी रणनीति सफल हुन सक्ने अवस्था पनि थिएन । सोही सन्दर्भबारे थापाले गरेको रिपोर्टलाई अमेरिकी दूतावासले प्रतिवेदनमा उल्लेख गरेको विवरणहरू हाल सार्वजनिक भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित