बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

गण्डकी बोर्डिंग स्कूलको पूर्व विद्यार्थीको संगठनले मनायो अमेरिकी स्वतन्त्रा दिवस

दैनिक नेपाल २०७६ असार २५ गते ७:४९

अमेरिका । हरेक वर्ष जुलाईको ४ तारिखमा मनाइने  स्वतंत्रता दिवस अमेरिकामा नेपालीहरूले विभिन्न जमघट गरेर मनाउने गर्छन् ।

यस पटक पनि नेपालीहरूका बीचमा यो दिवस धेरै प्रकारले मनाइयो । अमेरिकामा रहेका गण्डकी बोर्डिंग स्कूलमा पढेका विद्यार्थीले पनि भेटघाट तथा पुनर्मिलन गरेर मनाए ।

गण्डकी बोर्डिंग स्कूल नेपालका अति उत्तम स्कूलहरूमध्येमा पर्दछ । विसं २०२२ सालमा पोखराको लामाचौरमा स्थापना भएको गण्डकी बोर्डिंग स्कूलको पुरानो नाम नेपाली आदर्श विद्यालय थियो ।

छ जना शिक्षक र ६० जना विद्यार्थीबाट यो स्कूलको सुरुवात भएको थियो र दार्जीलिङको मार्था मुखियाले यस विद्यालयको प्रथम प्रधानाध्यापिका भई नेतृत्व गर्ने अवसर पाएका थिए ।

स्कूलको बोर्डमा प्रसिद्ध कवि भूपी शेरचन तथा स्व. राजेश्वर देवकोटा पनि रहेका थिए । यो विद्यालयले चार वर्ष अगाडि मात्रै ५० वर्ष पूरा गरी स्वर्णजयन्ती मनाएको छ ।

विद्यालयको पचास वर्षको इतिहासमा यसले थुप्रै समाजसेवी, राजनीतिज्ञ, साहित्यकार, डाक्टर, इन्जिनियर, खेलाडी, गायक तथा अन्य विधामा पनि थुप्रै व्यक्तित्व जन्माएका छन् ।

प्रसिद्ध न्युरोसर्जन डा. बसन्त राज पन्त, साहित्यकार सरु भक्त, कवि तीर्थ श्रेष्ठ, प्रसिद्ध खेलाडी दावा गुरुङ तथा प्रसिद्ध गायक अमृत गुरुङ, राजनीतिज्ञ किरण गुरुङ र थुप्रै प्रसिद्ध व्यापारीहरु यसका उदाहरणहरू हुन् ।

राजेन्द्र गुरुङले २०४४ सालमा एसएलसीमा बोर्डफस्ट ल्याएपछि यो विद्यालयको नाम अझै चुलीमा पुगेको हो ।

यसै विद्यालयका अमेरिकामा बस्ने विद्यार्थीले एउटा सांगठनिक भेटघाटको जमर्को स्वरुप एउटा सांगठनिक रुप दिएका छन् ।

अमेरिकाको न्यूयोर्कमा बसोवास गर्ने समाजसेवी तथा व्यावसायि मोहन ज्ञवालीको अध्यक्षतामा यो संगठनले गति लिन सुरु गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा तेम्बा शेर्पा, उपाध्यक्षमा धिरेन भारी तथा प्रकाश नेपाल, महासचिवमा हरि रसिक घिमिरे, डम्बर गुरुङ सचिब लगायत अन्य पधादिकारी गरि २५ जनाको कार्यकारी समिति बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित