
काठमाण्डौ, २३ असार । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले ग्वार्कोमा आफ्नो ५१औँ सर्भिस सेन्टरको समुद्घाटन गरेको छ । जयदेव ट्रेडिङ प्रा. लि सिप्रदीको ११औँ आधिकारिक सर्भिस सेन्टर हो । सिप्रदी कम्पनीका चिफ अफरेटिङ अफिसर (सिओओ श्री राजेशप्रसाद गिरी तथा जयदेव प्रा. लि. का संचालक श्री जयप्रकाश चौधरीको उपस्थितिमा सिप्रदी कम्पनीजका निर्देशक श्री शम्भुप्रसाद दाहालले उक्त सर्भिस सेन्टरको समुद्घाटन गर्नुभयो ।

उक्त अवसरमा बोल्दै दाहालले भन्नुभयो “सन् १९८२ मा स्थापना भएदेखि नै सिप्रदीले उत्कृष्ट सर्भिस सेन्टरहरू मार्फत् आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्नमा प्रतिबद्ध रहदैँ आएको छ । हाम्रो सर्भिस टिमले २४सैँ घण्टा सेवा प्रदान गर्छ, र हामीलाई विश्वास छ कि यसले टाटा मोर्टसका उत्पादनहरू खरिद गर्ने ग्राहकहरूलाई आत्मविश्वास दिन्छ ।”
त्यसैगरी सिप्रदी कम्पनीजका चिफ अफरेटिङ अफिसर ( सिओओ श्री राजेशप्रसाद गिरीले सर्भिस सेन्टरबाट प्रदान गरिने सेवालाई ग्राहकको अधिकार भएकोबारे जोड दिँदै भन्नुभयो “ कुनै ग्राहकले टाटाका उत्पादनहरू किन्छ भने उसले सेवाहरू प्राप्त गर्ने अधिकार पनि सँगै प्राप्त गर्दछ र ती सेवाहरू प्रदान गर्ने कम्पनीको दायित्व हो, र सिप्रदीमा हामी यो सुनिश्चित गर्दछौँ कि हाम्रा ग्राहकहरुले सो अधिकार प्राप्त गर्नु हुन्छ। हाम्रा सेवाहरू र ५१औँ सर्भिस सेन्टरले हाम्रो यो प्रतिबद्घता देखाउछ ।”
जयदेव ट्रेडिङ प्रा. लि ले. पिकअप गाडीहरू, साना कमर्सियल भेइकलहरू र प्यानल भ्यानहरूलाई विशेष सेवाहरू प्रदान गर्नेछ ।

देशकै ठूलो र सबैभन्दा प्रतिष्ठितमध्येको एक ब्राण्ड सिप्रदी मुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा संलग्न रहेको छ । ३७ बर्षभन्दा लामो समयदेखि यो व्यवसायमा संलग्न सिप्रदीको बार्षिक आय ३५० मिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ र अटोमेटिभ, इनर्जी, लुब्रीकेन्ट, वित्तीय सेवाहरु तथा इक्यूपमेन्ट व्यवसायको क्षेत्रमा द्रुत गतिमा व्यवसाय बिस्तार गरिरहेको छ । करिब ७५० भन्दा कर्मचारीहरू तथा ६५० सपोर्ट स्टाफहरू ब्राण्ड भ्यालुको समग्र विकाससँगै एउटै साझा उद्देश्य अर्थात गुणस्तरीय सेवाहरू र उत्पादनहरू प्रदान गर्नमा कार्यरत छन् । सिप्रदी टेड्रिङ्ग प्रा. लि. सन् १९८२ देखि नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक कम्पनी हो र आईइसओ ९००१–२०१५ प्रमाणित कम्पनी पनि हो । टाटा मोर्टसका सम्पूर्ण रेन्जका प्यासेन्जर र कमर्सियल गाडीरुको बिक्रीवितरणमा सिप्रदी आबद्ध छ । सिप्रदीको नेपालभर सबैभन्दा ठूलो बिक्री तथा सेवा वितरण संजाल रहेको छ ।















प्रतिक्रिया