३ कार्तिक २०८३, मंगलबार

माछापुच्छ्रे बैंकलाई ३ अर्वको ऋणपत्र जारी गर्न ए–माइनस रेटिङ्ग

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ असार । माछापुच्छ्रे बैंक लिमिटेडले आइसिआरएएनपी–आइआर–ए–माइनस (ICRANP-IR-A) रेटिङ्ग प्राप्त गरेको छ । आइसिआर नेपालले प्रदान गर्ने उक्त रेटिङ्गले माछापुच्छ्रे बैंक लिमिटेड लगानीका लागि जोखिममुक्त बैंक रहेको जनाउदँछ । आइसिआर नेपालले नेपालका वित्तिय संघसंसथाहरुमा क्रेडिट रेटिङ्ग सम्बन्धमा समयसमयमा विभिन्न अध्ययन अनुसन्धानहरु गर्दै आएको छ ।

माछापुच्छ्रे बैंक लिमिटेडले (ICRANP-IR-A) रेटिङ्ग प्राप्त गरेपछि ३ अर्व ऋणपत्र जारी गर्नका लागि बाटो खुलेको छ । बैंकले श्रावणको पहिलो साताबाट रु. ३ अर्व बराबरको ऋणपत्र बजारमा ल्याउदै छ ।

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ११९ वटा शाखाहरु र ११२ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २३१ स्थानवाट करिब ७ लाख ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर १४१ वटा एटीएमहरु संचालनमा रहेको छन् ।