३ कार्तिक २०८३, मंगलबार

सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई गाभ्ने

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ असार । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ख’वर्गको इजाजत प्राप्त सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

आइतबार सिटिजन्स बैंकको मुख्य कार्यालय नारायणहिटी पथमा आयोजित कार्यक्रममा बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक पवित्रकुमार कार्की र सहयोगी विकास बैंक लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक डिल्ली प्रकाश घिमिरेले हस्ताक्षर गरे ।

शनिबारसम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ७५ अर्ब ६८ करोड रुपैयाँ पुग्ने छ भने सर्वसाधारणमा दिएको ऋण लगानी ६८ अर्ब ४७ करोड रुपैयाँ पुग्ने छ । हालको सिटिजन्स बैंकको चुक्तापूँजी ८ अर्ब ३७ करोड रुपैयाँ रहेको छ भने सहयोगी विकास बैंकको चुक्तापूँजी ५० करोड ९६ लाख रुपैयाँ रहेको छ ।

प्रारम्भिक सहमतिअनुसार, सहयोगी विकास बैंकले एक कित्ता बराबर ९० रुपैयाँ पाउने छ तथापी, वास्तविक शेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदनद्वारा सिफारिस भएबमोजिम निर्धारण गर्ने सहमति भएको छ । धनुषा, महोत्तरी र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको यस सहयोगी विकास बैंकले १४ वटा शाखाहरूबाट बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

यी तीन जिल्लामा हाल सिटिजन्स बैंकको ९ वटा शाखाहरू संचालनमा रहेकोमा बैंकको प्राप्ति सँगै २३ वटा शाखाहरू संचालनमा आउने छन् जसबाट यस क्षेत्रका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

‘योर पार्टनरफर प्रोग्रेस’ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पु¥याँउदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्राप्तिपश्चात देशैभरी फैलिएका आफ्ना ९५ वटा शाखा, ८० वटा एटीएम र १०० वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्नेछ ।

ग्राहकवर्गलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु उपलब्ध गराउने छ ।