
काठमाडौँ, २२ असार । आधुनिक बैंकिङ र लघु बैंकिङ सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले एकैपटक ६ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाडाैँ जिल्लाको टोखा तथा कीर्तिपुर, ललितपुर जिल्लाको बाडेगाउँ तथा इमाडोल, गोरखा जिल्लाको गोरखा, गुल्मी जिल्लाको तम्घास गरी आफ्ना छ शाखा कार्यालय विस्तार गरेको छ ।
टोखा शाखाको उद्घाटन गर्दै टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले बैंकको प्रगतिको कामना गरे । कीर्तिपुर शाखाको उद्घाटन किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गरे । शाखा कार्यालय उद्घाटन गर्दै महर्जनले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नुपर्ने बताए ।
त्यसैगरी, बाडेगाउँ शाखाको उद्घाटन गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, इमाडोल शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले गरे । उनले मुक्तिनाथ विकास बैंकले आफ्नो उत्कृष्ट सेवालाई कायम राख्दै आगामी दिनमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।
गोरखा शाखाको उमुद्घाटन गोरखा नगरपालिकाका मेयर राजन राज पन्त, साथै, तम्घास शाखाको उमुद्घाटन रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले गरे । उमुद्घाटन कार्यक्रममा बैंकका सँस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, सँस्थापक सेयरधनी, स्थानीय नागरीक, व्यापारी, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी ११९ वटा शाखा, २५ वटा एटीएम र छ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।
साथै, देशैभरी भिसा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।















प्रतिक्रिया