बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

गायिका सुनार अमेरिकामा म्युजिक अवार्डको संयोजक चयन

दैनिक नेपाल २०७६ असार २१ गते ८:४४

अमेरिका । गायिका निशा सुनार अमेरिकाको न्युयोर्कमा आगामी नोभेम्बर हुन लागेको वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९ को संयोजक चयन भएकी छिन् ।

नेपाली अमेरिकन कलाकार संघ नर्थ अमेरिकाको बरिष्ठ उपाध्यक्ष सुनारलाई संयाेजक चयन गरिएकाे हाे ।

वर्ल्ड कनेक्सन युएस इन्कको आयोजनामा अमेरिकाको न्युयोर्क शहरमा हुने वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९ लाई भब्य रुपमा सम्पन्न गर्न अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया र बेल्जियमको संयोजक चयन भैसकेका छन् ।

विशेष गरी पछिल्लो समय संसारको हरेक देशमा नेपालीहरू भएको हुनाले संसारभरिको कलाकारको प्रतिष्ठाको सम्मानित अवार्ड बनाउने उद्देश्यले कार्यक्रम गर्न लागेकाे अवार्ड संयोजक सुमन बुढा मगरले बताए ।

नेपाली गीतसंगीतलाई विदेशमा रहेको नेपाली युवाहरूले नबिर्सियोस र अन्तर्राष्ट्रियस्तरमा नेपाली गीत संगीतको प्रचार प्रसार तथा बिश्वभरिका कलाकारहरूको भावना एकै स्थानमा जमघट गराउन अवार्ड कार्यक्रम गर्न लागेकाे मगरले जानकारी गराए ।

वर्ल्ड नेपाली म्युजिक अवार्डमा सहभागिता जनाउनको लागि आबेदन खुल्ला भैसकेको छ । जुन २१ देखि अगस्ट ३० सम्म बिश्वभरबाट आबेदन दिन सकिने पनि अवार्ड संयोजक मगरले बताए । आउँदो २३ नोभेम्बरमा अवार्डको फाइनल न्युयोर्कमा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित