४ कार्तिक २०८३, बुधबार

जेके फेनरका अटोमोटिभ पार्ट्स नेपाली बजारमा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २० असार । दुई पांग्रेका साथै ठूला गाडीहरुका लागि समेत आवश्यक जेके फेनरका अटोमोटिभ पार्ट्स नेपाली बजारमा भित्रिएका छन् ।

एसडीआई अटोमोबाइल्स प्रालिले रिटेलर भेलाका साथ जेके फेनरका अटोमोटिभ पार्ट्स नेपाली बजारका लागि सार्वजनिक गरेको छ ।

कार्यक्रममा जेके फेनर र यसका उत्पादनका बारेमा आवश्यक जानकारी समेत प्रदान गरिएको थियो । नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका निवर्तमान अध्यक्ष दीपक खड्का, संस्थापक अध्यक्ष महेश बज्राचार्यका साथै जेके फेनरका सिईओ मनिषकुमार सिन्हा लगायतको उपस्थिति थियो ।

कार्यक्रममा उपत्यका र काभ्रे जिल्लाका विभिन्न स्थानमा कार्यरत अटो मेकानिक्स, अटो पार्ट्स व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

जेके फेनर इन्डिया लिमिटेड जेके अर्गनाइजेसनको सदस्य हो । यो विगत एक सय वर्षदेखि भारतको मुख्य औद्योगिक घरानाका रुपमा लोकप्रिय छ । मेकानिकल पावर ट्रान्समिसन र सिलिङ सोलुुसनका लागि फेनर लोकप्रिय छ ।

विशेष गरी बेल्ट, आयल सिल किट आदि धेरै मात्रामा प्रयोगमा आएको पाइन्छ । रबर कम्पोनेन्ट र विशेष गरी बेल्ट, आयल सिल, होसेज आदिका लागि यो कम्पनी लोकप्रिय छ ।

जेके ग्रुपले जेके टायरदेखि जेके पेपर, जेके सिमेन्ट, ट्रान्समिसन, बेल्टदेखि आयलसिल प्रोडक्ट उत्पादन गर्दैै आएको छ । कम्पनीले होसेज, ड्याम्पर रबर आदि टु ह्विलर र फोर ह्विलरका लागि थप उत्पादन उपलब्ध गराउदै आएको छ ।

६ महिना पहिलेदेखि नेपालका लागि एसडीआई अटोमोबाइल्सले जेके फेनरको आधिकारिक विक्रेताको रुपमा कार्य गरिरहेको बताएको छ । टु ह्विलर, थ्री ह्विलर, फोर ह्विलर र ट्रक बस सेगमेन्टका सबै सवारी साधनमा यी उत्पादन प्रयोग गर्न सकिन्छ ।

स्कुटरदेखि ट्रक, टिपर, डोजर, लोडरसम्म सबै सवारी साधनमा जेके फेनरका उत्पादन प्रयोग गर्न सकिने एसडीआई अटोमोबाइल्सका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्रले बताए ।