३० आश्विन २०८३, शुक्रबार

सिक्किममा डा. शोभाकान्ति थेगिम पुरस्कार ‘कोलाहलभित्रको स्पन्दन’लाई

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जगन दाहाल

गान्तोक । यस वर्षको डा. शोभाकान्ति थेगिम स्मृति पुरस्कार कालेबुङकी महिलाहस्ती साहित्यकार रिता ठकुरीलाई दिइएको छ । पुरस्कारको निम्ति उनको कृति ‘कोलाहलभित्रको स्पन्दन’-लाई छानिएको थियो ।

सिक्किमको राजधानी गान्तोकस्थित सरकारी उच्चतर माध्यमिक विद्यालय टी.एन.एस.एस-को प्रेक्षालयमा आयोजित कार्यक्रममा सिक्किम सरकारका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि रहेका थिए भने उनकै बाहुलीबाट उक्त पुरस्कार प्रदान गरिएको हो ।

डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति संस्थान गान्तोकद्वारा आयोजित यस कार्यक्रममा सिक्किमबाट नेपाली साङ्गितिक क्षेत्रमा योगदान पुऱ्याउने १२ जना वरिष्ठ गायक तथा संगीतकारहरूलाई ‘सङ्गीत सम्मान २०१९’ले सम्मानित गरिएको थियो ।

पुरस्कार अलङ्करण समारोहपछि आफ्नो वक्तब्यमा मुख्य अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङले यस्ता कार्यक्रमहरूले सिक्किमेली साहित्य र नेपाली भाषाको उत्थानमा योगदान पुऱ्याउने बताए ।

सिक्किम भारतमा विलय पछिका मुख्यमन्त्रीहरू स्व. एलडी काजी, स्व. नरबहादूर भण्डारी, सञ्चमान लिम्बू, बीबी गुरुङ अनि सिक्किमलाई सबैभन्दा लामो समयसम्म सञ्चालन गर्ने पूर्व मुख्यमन्त्री पवन चामलिङको कार्यलाई सम्झँदै उनले सिक्किमलाई यहाँसम्म ल्याउन पुऱ्याएको योगदानको सराहना गर्ने बताए ।