गान्तोक । पूर्वोत्तर भारतको स्वच्छ शहरको रुपमा मानिएको गान्तोक शहरको स्वच्छता प्रति नागरिकहरूको न्यून सहभागिताले राजधानी गान्तोकको सरसफाईको रेखदेख गर्ने जिम्मेवार संस्थान गान्तोक नगर निगमको चिन्ता बडाएको छ ।
नगर निगमको नव नियुक्त आयुक्त हेमकुमार छेत्रीले राष्ट्रिय हरित ट्रेबुनलको अधिनियमहरूलाई ध्यानमा राखेर अब उसो विशेषरूपले राजधानीको फोहोर प्रबन्धनलाई कठोरतासित कार्यान्वयन गर्दै कार्य थाल्ने बताएको छ ।
बुधबार निगमको सम्मेलन कक्षमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आयुक्त क्षेत्री राजधानीको केही संवेदनशील क्षेत्रहरू चिन्हुत गरिएको जहाँ नागरिकहरूले रातको अन्धकारको फाइदा उठाउँदै उठाउँदै लापरवाही पूर्वक सडक झोडा र सार्वजनिक ठाउँहरूमा जताभावी फोहोर फ्याँक्ने गरेकोले स्थिति डावाडोल बन्दै आएको हुनाले अब उसो कडा पदक्षेप चाल्ने निर्णय लिएको बताए ।
नगर निगमले आम नागरिकहरूलाई फोहोर मुक्त राजधानी बनाउन आफ्नो जिम्मेवारी पनि रहेको कुरा स्विकारिदिने अनि आफूले सिर्जना गरेको फोहोरको सही प्रबन्धन गर्ने ब्यवहार बसाल्नुपर्ने आह्वान गरेका छन् ।
यति हुँदाहुँदै पनि नभएको खण्डमा ती संवेदनशील ठाउँहरूमा सीसी क्यामेरा लगाएर रेकर्ड गरिने र फोहोर फ्याँक्ने गरहरूमै पसेर जरिमाना तिराउने तथा रेकर्ड भएको भीडीयो मिडिया मार्फत सार्वजनिक गर्ने बताउँदै यसबेला कुनै प्रकारको प्रतिक्रिया गरेर आफूलाई दोष मुक्त बताउनुभन्दा अघि नै सबैले आफ्नो जिम्मेवारी निर्वाह गरिदिने आह्वन गरे ।
















प्रतिक्रिया