४ कार्तिक २०८३, बुधबार

हुरी बतास पीडित बाराका जनतालाई एनआईसी बैंकको सहयोग

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १८ असार । उत्तरदायी बेैकिङ्गको अभ्यास गर्दै आईरहेको यस एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा आफ्नो दरिलो उपस्थितिजनाई समाजमा योगदान पु-याइरहेकोसबैमाअवगत नै छ ।

यसै सिलसिलामा हालै मात्र तराईको बारा तथा पर्सा जिल्लालगायतका क्षेत्रहरुमा विध्वंसकारी हुरीबतासले अपुरणीय क्षति पु-याएकोमा अत्यन्त दुुःख व्यक्त गर्दै घटनाबाट पीडित जन समुदायमा मल्हम लगाउने उद्देश्यका साथ फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलिया लगायत गाउँका पीडित जन समुदायका लागि अत्यावश्यक राहत सामग्री सहयोग स्वरुप बैंकले ३ सय थान झुल, १ सय ५० थान म्याट्रेस, खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ ।

राहत सामग्री सोही गाउँपालिकाका अध्यक्ष अमिरी लाल प्रसादलाई बैंक संचालक समितिका सदस्य विनोदकुमार प्याकुरेलले चैत २० गते एक कार्यक्रमका बीच हस्तान्तरण गरेका छन् ।