३० आश्विन २०८३, शुक्रबार

सिक्किमको बजेट सत्रमा उपस्थित रहलान त विपक्षी विधायक ?

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जगन दाहाल

गान्तोक । सिक्किमको राजनीतिक परिप्रेक्ष रोमाञ्चक बन्दै गइरहेको छ । एकातिर राज्यको विपक्षी पार्टी सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)-पार्टीका नेताले वर्तमान मुख्यमन्त्री पीएस गोले मुख्यमन्त्री भइञ्जेल सिक्किम विधानसभाका कुनै पनि सत्रमा एसडीएफ पार्टीका विधायकहरू उपस्थिति नहुने भन्दै गोले सरकारको पहिलो विधानसभा सत्रको सपथ ग्रहण समारोह नै बहिस्कार गरेका थिए ।

मुख्यमन्त्री गोले असम्बैधानिक हुन् भन्दै विधानसभा बहिस्कार गरेका विपक्षी पार्टीका विधायकहरूले सिक्किमको बजेट सत्रमा भाग लिनेहुन् की नलिनेहुन यो चाखलाग्दो विषय छ ।

वर्तमान एसकेएम सरकारको पहिलो बजेट सत्र आगामी २९ जुलाईको दिनदेखि आरम्भ हुने एसकेएम पार्टीका प्रवक्ता तथा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले एक पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

सिक्किममा २५ वर्षसम्मको अवधिसम्म मुख्यमन्त्रीको पदमा रहेर काम गरेका पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टीमाथि विभिन्न विषयहरूमा आरोप लगाउँदै मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले विपक्षीका नेता पवन चामलिङलाई बजेट सत्रमा उपस्थित भइदिने अपील पनि गरेका छन् ।

पत्रकार सम्मेलनमा सिक्किमको सत्तासीन एसकेएम पार्टीको सरकारले आगामी बजेट सत्रमा पूर्व सरकारको सम्पूर्ण कार्यको खुलासा गर्दै श्वेतपत्रव जारी गर्ने भएको छ ।

एसकेएम पार्टीको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसकेएम पार्टीका प्रवक्ता तथा मुख्यमन्त्री पीएस गोलेका राजनीतिक सचिव जेकब खालिङले उक्त जानकारी दिएका हुन् ।

आगामी २९ जुलाईदेखि शुरु हुने बजेट सत्रमा जारि गरिने श्वेतपत्रको निम्ति ९५ प्रतिशत काम भइसकेको छ भन्दै एसडीएफ सरकारले लिएको ऋणको खुलासा हुने पनि बताए ।

उनले एसडीएफ सरकारले आफ्नो कार्यकालमा ८ हजार करोडभन्दा अधिक ऋण लिएको श्वेतपत्र खुलासा हुने बताउँदै राज्य सरकारले उक्त ऋणले राज्यको काम नगरेर दिवालीया मनाएको पनि आरोप लगाए ।

सिक्किमका पूर्व मुख्यमन्त्री पवन चामलिङको नेतृत्वमा रहेको सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको सरकारले २५ वर्षसम्म झुठको राजनीति गरेको सत्तासीन एसकेएम पार्टीले आरोप लगाएको छ ।

सम्मेलनलाई सम्बोधन गर्दै उनले विपक्षी नेता पवन चामलिङले देशका प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृह मन्त्री अमितसाहलाई भेटेर आफूलाई असुरक्षित भएको बताउँदै एसपीजी सुरक्षा प्रदान गरिमागेको पनि आरोप लगाए ।

केन्द्र सरकारले पूर्व मुख्यमन्त्रीलाई एसपीजी सुरक्षा दिएको झूठो हो भन्ने आरोप लगाउँदै मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले यी विषयहरूलाई लिएर केन्द्र सरकारलाई पत्रचार गर्ने पनि बताएका छन् ।

उनले पूर्व मुख्यमन्त्री चामलिङलाई यदी आफू असुरक्षित भएको थाहा लागे राज्य सरकारलाई लेखेर दिनसक्ने बताएका छन् । उनले एसडीएफ पार्टीको सरकारले वर्ष १९९४ देखि २०१४ सम्मका घोषणापत्रहरूमा उल्लेखित घोषणाहरूमा १० प्रतिशत पनि काम नगरेको आरोप लगाए ।

उनले आगामी उपचुनाउमा हुने तीनवटा सीट पनि एसकेएमले नै जित्ने र सशक्त सरकार बनाउने दावी गरे । उनले पूर्व सरकारले कतिपयः फायलहरू लुकाएको पनि आरोप लगाएका छन् ।