
कावासोती, १६ असार । नवलपुरको कावासोती नगरपालिकाले वडा नम्बर १५ मा आज सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रमलाइ सम्बोधन गर्दे कावासोती नगरपालिका प्रमुख चन्द्रा कुमारी पुनले नगरका सबै वडामा प्राथमिकताका आधारमा योजना छनौट गरेको बताउनुभयो ।

उहाले कावासोतीको विकासका लागि आफु निरन्तर रुपमा लागेको स्पष्ट पार्नुभयो । कार्यक्रममा उपस्थित सहभागीहरुले नगरले दिने सेवा सुबिधा थप प्रभावकारि बनाउनुपर्नेमा जोड दिएका थिए । नगरका विभिन्न समस्याका विषयमा उठेका प्रश्नको नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायतले जवाफ दिएका थिए ।
वडा नम्बर १५ का अध्यक्ष देब नारायण महत्तोको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा नगर उपप्रमुख प्रेम शंकर मर्द्निया, प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञावलि, कावासोती नगरका शाखा प्रमुख होमनाथ काफ्ले, पवन रुपाखेती लगाएतले वोलेका थिए ।












प्रतिक्रिया