४ कार्तिक २०८३, बुधबार

लक्ष्मी बैंकको भिसा कार्ड डिजाइनको प्रतियोगिता घोषणा

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असार । लक्ष्मी बैंकले ७ प्रदेशका लागि उपयुक्त भिसा कार्ड डिजाइनको खोजी गर्न Crowd Sourcing को प्रकिृयाद्वारा देशभर खुल्ला प्रतियोगिताको घोषणा गरेको छ ।

यो प्रतियोगिताको मुल उद्देश्य भनेकै सातै प्रदेशका मौलिक कला, संस्कृती र विषेशता झल्किने र त्यसको परिचय दिने डिजाइनको खोजी हो । साथै यस प्रतियोगिताले ग्राहकहरुलाई उत्कृष्ट ब्राण्ड एक्स्पेरियन्स् समेत प्रदान गराउने लक्ष्य बैंकको छ ।

डिजाइन मौलिक, अद्वितीय एवं कपिराइट उलंघन नभएको हुनुपर्ने छ । प्रस्तुत प्रतियोगितामा नेपाली नागरिक वा कानूनी रुपमा नेपालमा दर्ता भएको कम्पनीले सहभागिता जनाउन सक्नेछन् ।

कार्ड डिजाइन गर्दा प्रदेशको मौलिक कला, सँस्कृति वा प्राकृतिक सुन्दरता झल्किएको हुनुपर्ने छ । कन्सेप्ट फोटो, पेन्टिङ्ग वा ग्राफिक इलसट्रेशन मार्फत पेश गर्न सकिनेछ ।

प्रत्येक विजयी कन्सेप्टले नगद पुरस्कार स्वरुप रु ५० हजार प्राप्त गर्न सक्नेछन् । यसरी ७ प्रदेशको लागि कूलन गद पुरस्कार रु ३ लाख ५० हजार प्रदान गरिने छ ।

विजेताको घोषणा गर्ने अन्तिम निर्णय लक्ष्मी बैंकमा निहीत छ भने छनौट भएमा डिजाइनको सर्वाधिकार बैंकमा निहीत हुनेछ । प्राप्त डिजाइनहरु बैंकले आफ्नो अवश्यकता बमोजिम कुनै पनि बेला प्रयोग गर्न समेत सक्नेछ ।

प्रतियोगीहरुले आफ्नो डिजाइन जुलाई महिनाको ३१ तारिख सम्ममा बैंकको वेबसाइटमार्फत बुझाइसक्नु पर्ने छ ।