गान्तोक । सिक्किम विधानसभामा नेपाली सीट आरक्षण, लिम्बू तामाङको सीट आरक्षण जस्ता गम्भीर मुद्दाहरू सरकार बनेको १० दिनभित्रमा समाधान गर्ने वचन दिएर सत्तामा पुगेको एसकेएम पार्टीलाई उनीहरूकै घोषणा पत्र देखाउँदै जनतालाई दिएको वचन कहिले पूरा गर्ने भन्दै विपक्षी पार्टी एसडीएफले प्रश्न राखेको छ ।
सरकारलाई चुनावी घोषणापत्र मार्फत घेरामा लिँदै एसडीएफ पार्टीका पाँच सदस्यीय प्रवक्ताको टोलीले एसकेएम पार्टीका विभिन्न चुनावी मुद्दाहरूलाई हथियार बनाइ सरकारमाथि प्रहार गर्न थालेको छ ।
चुनावअघि एसकेएम पार्टीले सिक्किमका प्रत्येक घरका आमालाई एक लाख रुपियाँ प्रतिवर्ष दिने, बेरोजगार युवाहरूलाई प्रतिमहिना १० हजार रुपियाँ दिने, निजी क्षेत्रमा काम गर्दै आएका कर्मचारीहरूलाई महिनाको २० हजार रुपियाँ वेतन दिने जस्ता वचनहरू दिएको थियो । तर सरकारद्वारा जारी गरिएको एक महिनाको उपलब्धी रिपोर्टमा उक्त घोषणाहरू कुनै पनि नगरिएको बताएको छ ।
हालै मुख्यमन्त्री गोलेका राजनीतिक सल्लाहकार जेकब खालिङले एसडीएफ पार्टीका विधायकहरूलाई पार्टी अध्यक्ष पवन चामलिङले जबर्जस्ति भारतीय जनता पार्टी (बीजेपी)-मा सामेल गराउन हस्ताक्षर उठाएका छन् भन्ने बयानको खण्डन गर्दै पार्टीका प्रवक्ता टोलीले यो सोझै जेकब खालि्ङको मनगणन्ते बयान रहेको बताएका छन् ।
एसडीएफ पार्टीका प्रवक्ता एमके सुब्बाले सिक्किममा कानुन ब्यवस्थाय दयनीय भइसकेको बताए । उनले वर्तमान सरकारले छल कपटको काम गरेको बताउँदै जनतालाई सरकारले धोका दिइरहेको छ भने ।
यसरी नै अर्का प्रवक्ता अभिनास याखाले मुख्यमन्त्री पीएस गोलेले सिक्किमे जनताको अधिकारलई सिलगडीमा लिलाम गर्न गएको गम्भीर आरोप लगाएका छन् ।
मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले)-ले सधैं मुख्यमन्त्री बस्ने आधिकारीक सराकरी आवासमा नबसेर अतिथि गृहमा बस्दा सिक्किमको विकास हुँदैन भन्दै उनले मुख्यमन्त्रीहरू बस्ने सरकारी आवास गणतन्त्रको अस्तित्वलाई नकारेको पनि बताएका छन् ।
यसरी नै एसडीएफ-ले एसकेएम-को परिवर्तनको घोषणा पत्र पूरा गर्न सिक्किमको नभएर उत्तर प्रदेशको बजेटले मात्र पुग्ने बताए ।
यसरी नै एसडीएफ पार्टीका प्रवक्दा दुई अभिनास याखा र एमके सुब्बामाथि मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेकब खालिङले दिएको व्यक्तिगत आक्षेपको प्रमाण नदिए उनीमाथि मान हानिको मुद्दा लगाउने पनि चेतावनी दिएका छन् ।
जानकारी दिइन्छ, पूर्व मुख्यमन्त्री पवन चामलिङलाई दुई महिनामा सेष गर्दिन्छौं भन्ने मन्त्री सञ्जित खरेल विरुद्ध एसडीएफ पार्टीले प्राथमिकि दर्ता गरिसकेको छ ।
















प्रतिक्रिया