बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

छैटाैँ पत्नी चार अर्ब पैसा बाेकेर टाप ठाेकेपछि जिल खाए राजकुमार

दैनिक नेपाल २०७६ असार १६ गते ६:५४

 लण्डन । दुबईका अरबपति राजकुमार शेख मोहम्मद बिन राशिद अल मकतूमका छैटौँ श्रीमती राजकुमारी हया बिन्त अल हुसैनले देश छाडेर भागेका छन् ।

उनले करिब चार अर्ब ३३ करोड ६० लाख रूपैयाँसहित दुई बच्चा जलिला (११) र जायेद (७) लिएर भागेकाे समाचार जनाएकाे छ ।

समाचारका अनुसार राजकुमारी हया लण्डनमा लुक्दै आएकी छन् । उनी जेर्डनका राजा अब्दुल्लाकी सौतनी बहिनी हुन् । समाचारमा जनाएअनुसार हया दुबईबाट भाग्नुअघि जर्मनी गएकी थिइन् । त्यहाँबाट उनले राजा शेख मोहम्मदसँग सम्बन्ध बिच्छेदन (तलाक) मागेकी थिइन् ।

अहिले राजकुमारी हयाले जर्मनीलाई राजनीतिक शरण दिन आग्रह गर्दै आएको जनाएको छ । जर्मनले नै उनलाई भाग्न मद्दत गरेको समाचारमा जनाएको छ ।

यदि, जर्मनीले राजकुमारीलाई राजनीतिक शरण दिए राजनैतिक संकट हुने दुबईले बताएको छ ।

यसैबीच राजकुमार शेख मोहम्मदले जर्मनीसँग आफ्नो पत्नीलाई फिर्ता पठाउन जर्मनसँग आग्रह गर्दै आएका छन् । तर, जर्मनी अधिकारीहरूले उनको अनुरोध अस्वीकार गरिदिएका छन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित