बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

डा. भट्टराईले एक जना करिश्मालाई संरक्षण गर्दा धेरै करिश्माहरू गुमाउनुभयो

विश्वदिप पाण्डे २०७६ असार १५ गते ११:४०

-विश्वदिप पाण्डे

आजभोलि कतिपय टिप्पणीहरू व्यक्तिगत तहसम्म हुने देखेर अलिकति असहज लागेको छ । पञ्चायतकालीन विचार बोकेर आफूलाई वैकल्पिक राजनीति गर्छु भन्नेहरूदेखि कुनै निश्चित पद नपाएर घर छोड्नेहरू पनि कसरी हुन्छ डा. बाबुराम भट्टराईलाई कमजोर बनाउन र आरोपित गर्न कम्मर कसेर लागिरहेकै छन् ।

डा. भट्टराईले हिजोको दिनबाट राजनीति शुरु गर्नुभएको होइन । त्यसैले विदेशको जागिरमा पेन्सन पाकेपछि नेपाल फर्किएर मिडियाबाजी र एनजिओ शैलीको राजनीति गर्नेहरूले डा. भट्टराईको छवी अलिअलि धमिल्याउन खोज्दैमा दशकौं लामो राजनीतिक प्रतिवद्धता, ईमान्दारिता र शोषित पीडित र पछि पारिएका समुदायको आत्मसम्मान अनि नेपालको दिगो आर्थिक उन्नतिमा डा. भट्टराईको प्रतिवद्धतामा कहिले कमी आउने छैन ।

भर्खरै करिश्मा मानन्धरजीले डा. भट्टराईको बारेमा गरेको टिप्पणीबारे केही भन्न मन लाग्यो । सत्य नबोले धेरैलाई भ्रम हुन सक्छ । त्यसैले जे भएको हो त्यही सत्य बोल्नै पर्ने भयो । सर्वप्रथम करिश्मा मानन्धरजीलाई एसईई परिक्षामा उत्तिर्ण हुनुभएकोमा हार्दिक बधाई । डा. भट्टराईले प्रत्येक भेटमा तपाईंलाई प्रोत्साहान गर्दै आउनुभएको छ । र, वहाँ पनि तपाईंको मेहेनत र सफलतामा खुशी हुनुहुन्छ ।

तपाईंमाथि अपमान भएको वा तपाईंले भनेजस्तो कलाकारलाई गहनाको रुपमा मात्रै पार्टीले, डा.भट्टराईले लिएको भए १ नम्बरमा तपाईंको नाम कसरी पर्दथ्यो ? डा. भट्टराईले एक जना करिश्मा मानन्धरलाई संरक्षण गर्न खोज्दा हिजो सुखदुखमा साथ दिएका बलावती शर्मा, लिला भण्डारी, कल्पना धमला लगायत धेरै करिश्माहरू गुमाउनुपरेको छ

जहाँसम्म नेपाली चलचित्र क्षेत्र र नेपाली कलाकारको कुरा छ, यदि नेपालमा नेपाली चलचित्र र नेपाली कलाकारलाई प्रोत्साहन गर्ने, संरक्षण गर्ने, माया गर्ने कोही नेता छ भने पहिलो नम्बरमा डा. भट्टराई नै हो । सायद यो कुरा धेरै कलाकारहरूले स्वीकार्नुहुन्छ होला ।

हिजो नयाँ शक्ति पार्टीमा करिश्माजीलाई जति प्रोत्साहन अरु पार्टीमा लाग्ने कलाकारलाई कुनै पार्टीले पनि गरेको छैन । छ भने भनिदिनुहोला, करिश्मा जी । हिजो तपाईंले पार्टीभित्र जति मेहनत गर्नुभयो त्यो भन्दा धेरै नै पार्टीले तपाईंलाई माया गरेको थियो ।

तपाईंलाई याद नै छ होला चुनावमा तपाईंको नाम पार्टीले समानुपातिकतर्फ १ नम्बरमा राखेको थियो । कि यो कुरा बिर्सनुभयो? त्यसो भनिरहँदा तपाईंको समय र परिश्रमलाई पनि हामीले सम्झिरहेका छौं र त्यसको लागि धन्यवाद पनि छ ।

तपाईंमाथि अपमान भएको वा तपाईंले भनेजस्तो कलाकारलाई गहनाको रुपमा मात्रै पार्टीले, डा.भट्टराईले लिएको भए १ नम्बरमा तपाईंको नाम कसरी पर्दथ्यो ? डा. भट्टराईले एक जना करिश्मा मानन्धरलाई संरक्षण गर्न खोज्दा हिजो सुखदुखमा साथ दिएका बलावती शर्मा, लिला भण्डारी, कल्पना धमला लगायत धेरै करिश्माहरू गुमाउनुपरेको छ ।

सायद उहाँले तपाईंलाई संरक्षण नगरेर अरुलाई बोक्नुर्पथ्यो कि ? तपाईंको संरक्षण नगरेको भएचाहिँ सायद तपाईंले भने जस्तो व्यवस्थापन कला उहाँमा पूर्ण हुने थियो कि ?

सबैलाई जानकारी नै छ, चुनावसम्म उहाँ सक्रिय नै हुनुहुन्थ्यो । चुनावपछि जब पार्टीको थ्रेसहोल्ड कटेन उहाँ बिस्तारै निष्क्रिय हुन थाल्नुभयो । सायद, उहाँलाई लाग्यो होला थ्रेसहोल्ड पनि कटेन, दुख गर्नु बेकार छ । त्यसैले उहाँ ज्यादा पढाइमै फोकस भएको भन्दै सबै बैठक, भेटघाटलाई वेवास्ता गर्न थाल्नुभयो । पछि डा.भट्टराईले आफैं फोन गरेर समाजवादी पार्टी घोषणा समारोहमा सहभागिताका लागि बोलाउनुभएको हो । डा. भट्टराईले व्यक्तिगत रुपमै फोन गरेर कार्यक्रममा बोलाउनुभएको सायद करिश्माजीलाई मात्रै होला ।

सभापछि उहाँले असन्तुष्टि जनाउनुभयो कि २५ जना पदाधिकारी मञ्चमा हुँदा म पनि हुनुर्पथ्यो भन्दै मेरो अपमान भयो भन्नुभयो, उहाँले ।

सारमा उहाँको माग भनेको पदाधिकारीमा म पनि हुनुपर्छ भन्ने थियो, जुन भोलिको दिनमा सम्भावना थियो, तर अहिले तत्कालै थिएन । करीश्माजीको असहमति कुनै विचारमा, पद्धतिमा होइन

पछि मैले भेटौं, कुरा गरौं भनेर साँग्रीला होटलमा बोलाएर करिब ४५ मिनेट कुरा भयो हाम्रो । राजनीतिमा तलमाथि हुन्छ, यस्तो कुरामा असन्तुष्टि जनाउनु हुँदैन, राजनीति सहजभन्दा ज्यादा जटील यात्रा हो, धैर्यता चाहिन्छ भनेर सम्झाएको थिएँ मैले । बीचमा एक बर्ष तपाईं निष्क्रिय पनि हुनुभयो, अहिले पदाधिकारीपछिको ठूलो अंग राजनीतिक समिति हुन्छ, राजनीतिक निर्णय त्यही समितिले गर्छ, त्यसैले अहिले राजनीतिक समितिमा बसेर सँगै मिलेर काम गरौं, तपाईंलाई अगाडिको राजनीतिक यात्रामा सहयोग गर्न डा. भट्टराई लगायत हामी सबै छौं भनेको थिएँ ।

पछि १० मिनेट डा. भट्टराईसहित पनि हामी बस्यौं । अनि हासिखुशी त्यहाँबाट बिदा भयौं । पछि उहाँ घर पुगेर मलाई अर्कै पार्टीको फलानोले फोन गरेर यसो यसो भन्यो मैले किन भेट्ने उसलाई पनि भन्नुभयो । राजनीतिमा कर्टसी मेन्टेन गर्दा केही फरक पर्दैन, भेट्दा हुन्छ भनें मैले । उहाँले हैन विचार नै मिल्दैन किन भेट्ने भन्नुभयो । अनि मैले मन नभए नभेट्नुस भनें । तर रातभरमा के भयो कुन्नी उहाँले विहानै पार्टी छोडेको सन्देश दिनुभयो । सारमा उहाँको माग भनेको पदाधिकारीमा म पनि हुनुपर्छ भन्ने थियो, जुन भोलिको दिनमा सम्भावना थियो, तर अहिले तत्कालै थिएन । करीश्माजीको असहमति कुनै विचारमा, पद्धतिमा होइन ।

अब अन्तमा कुनै घर नछोड्नु छोडिसकेपछि एक अर्कालाई हिलो छ्याप्ने नगर्नु नै उच्चतम राजनीतिक संस्कार हो । त्यसैले आगामी दिनमा त्यस्तै संस्कारको अपेक्षा हामीले राखिरहने छौं । आवश्यक परे, थप छलफल र गफगाफ त हुने नै छ ।

(पाण्डे, डा. भट्टराईका प्रमूख सहयोगी हुन्, उनले सामाजिक सञ्जाल फेसबुकमा राखेको विचार हो, यो ।)

प्रतिक्रिया
सम्बन्धित