३० आश्विन २०८३, शुक्रबार

अमेरिकामा दीनबन्धु पोखरेललाई मानार्थ नागरिकताको सम्मान

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

डिसी । अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिल शहरमा नेपालका वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेललाई मानार्थ नागरिकताको सम्मान गरिएको छ ।

पण्डित पोखरेललाई हरन्डन शहर भर्जिनियाले उक्त सम्मान गरेको हो । पण्डित पोखरेललाई उक्त सम्मान हरन्डन नगर परिषदका नगर परिषद सदस्य नेपाली मूलका निर्वाचित यूवा प्रदीप ढकालले डिसी मेट्रो सप्ताह २०१९ को छैठो दिन शुक्रबार सम्मान गरेका हुन् ।

नगर परिषद ढकालले मानार्थ नागरिकता बारेमा स्पष्ट पार्दै कुनै पनि बिदेशी नागरिकलाई बिशेष योगदान गरे वापत प्रदान गरिने उच्चतम सम्मान हो । यसले कुनै पनि दर्जा (स्टाटस ) परिवर्तन गर्दैन उनले भने । उनले अगाडी भने अमेरिकी संघीय सरकारले अहिले सम्म ८ जनालाई यस्तो सम्मान गरेको भन्दै राज्य तथा स्थानीय स्तरमा पनि योगदान गरे वापत यस्तो सम्मान गरिने बताए ।

उनले पण्डित दीनबन्धु पोखरेलले नेपाली धर्म, संस्कृति र अध्यात्म र बिश्व शान्तिको अलागी जुन काम गर्नु भएको छ त्यो एकदम सराहनीय छ भन्दै उक्त सम्मान पत्र प्रदान गरेका छन् ।

नगर परिषद सदस्य ढकालले पण्डित पोखरेललाई प्रदान गरिएको सम्मान पत्र पढेर सुनाएका थिए । उक्त मानार्थ नागरिकता सम्मान पत्रमा नेपाली समुदायमा योगदान गरेकोले हरन्डन शहर तथा हरन्डन नगर परिषदले धन्यवाद दिएको छ ।

साथै उक्त मानार्थ नागरिकता सम्मान पत्रमा बिश्व समुदाय मै शान्ति, आध्यात्मिक र मानवीय संदेश विस्तार गरेकोमा उक्त सम्मान गरेको उल्लेख गरेको छ । उक्त सम्मान पत्र गत जुन २८ का दिन डिसी मेट्रो सप्ताह २०१९ मा भेला भएका श्रद्धालु तथा भक्तजन बीच सम्मान गरिएको हो ।

मानार्थ नागरिकताको सम्मान अमेरिकी सरकार ,राज्य तथा स्थानीय स्तरमा बिबिध क्षेत्रमा बिशेष योगदान गरे वापत सम्मान गर्ने गरिन्छ । सम्भवत यसरी यो मानार्थ नागरिकताको सम्मान पाउने पण्डित दिनबन्धु पोखरेल पहिलो भएका छन् । अन्य विभिन्न सम्मान गरिएता पनि यस्तो सम्मान नेपाली समुदायमा पहिलो भएको बुझिएको छ ।

उक्त सम्मान पाए पछि पण्डित दीनबन्धु पोखरेलले समस्त डिसी महानगरका नेपाली समुदाय प्रति आभार व्यक्त गरेका छन् । साथै हरन्डनका नगर परिषद सदस्य ढकाल तथा हरन्डन नगर परिषदलाई बिशेष धन्यबाद दिएका छन् ।

यसले आफू उत्साहित र गौरवको महसुस भएको बताए । आफूले नेपाली समुदायमा अझ अमेरिकाका बिभिन्न राज्यहरुमा नेपाली समुदायमा गरेको योगदान को कदर गरेकोमा हर्ष लागेको बताए ।

उक्त सम्मान पाए पछि पण्डित पोखरेलले बिदेशमा आएर संस्कृति र आध्यात्मिक बिकाश गर्ने काममा निरन्तर लागि रहेकोले आफूले गरेको कामको मूल्यांकन भएको बताए ।

आफूले माग गरेको पनि हैन अप्रत्यासित रुपमा प्राप्त गरेकोमा निकै हर्ष लागेको बताए । पण्डितले नेपाली मूलका मा यो सम्मान पहिलो भएको सुन्नमा आएकोले निकै गर्व लागेको बताए ।

पण्डित पोखरेलले आफूले गरेको काम कही कतै बाट मुल्यांकन भै रहेको रहेछ भन्दै समस्त नेपालीहरुको शिर उच्च भएको महसुस भएको बताए । उनले संचार माध्यममा गलत् संदेश नजाओस भन्दै मानको खातिर मात्र प्रदान गरिने सम्मान भएको बताए ।

उनले अमेरिकामा भासिने छ र उतै बस्ने भन्ने हैन भनि स्पष्ट पारेका छन । म नेपाली नागरिक हु । देशमा आफूले धेरै गर्नु छ । यो समान पाए पछि अमेरिका जान पाइने पनि हैन ।

स्थायी आवसीय पत्र (ग्रिन कार्ड ) को लागि पनि निवेदन दिने र प्रक्रिया पनि यसले गर्दैन भनि अझ स्पष्ट भाषामा संदेश दिए । अमेरिका आउन सबै प्रक्रिया पुरा गरे पछि मात्र अन्य नागरिक सरह हुने उनले बताए ।

कसैलाई भ्रम सृजना नहोस र आफू अमेरिकामा गएर बस्ने तरखर गरेको भन्ने कुराको अर्थ नलागोस भनि पुन समस्त नेपालीहरुलाई अनुरोध गरेका छन । उनले अगाडी भने म नेपाली नागरिक हु र नेपाली नागरिक हुनुमा गर्व गर्दछु भने । उनले नेपालले बिश्व हाक्ने छ भनि हिड्ने मानिस नेपाल छोडेर जाने परिकल्पना पनि गर्दिन भनेका छन् ।

सम्मान पाए पछि यो देश( अमेरिका) मा अझ काम गर्ने अवसर पनि प्राप्त होस् भन्ने संदेश साथ आफूले धर्म, संस्कृति, आध्यात्ममा जुन काम गरेको छु त्यसमा आफू निरन्तर लागि पर्ने बताए ।