काठमाडौं, १५ असार । कामना सेवा विकास बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा शनिबार काठमाडौं डिल्लीबजारस्थित अमृत भोगमा सम्पन्न भएको छ ।
साधारण सभाले आर्थिक वर्ष २०७४–७५ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी रु. २,५०,२६,५५,५१९.२३ को ८ प्रतिशतका दरले हुन आउने रकम रु. २०,०२,१२,४४१.५४ नगद लाभाँश र १.५ प्रतिशतले हुने रकम रु. ३,७५,३९,८३२.७९ बराबरको बोनस शेयर वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यले उक्त साधारण सभामा बैंकको आर्थिक वर्ष २०७४–७५ को वासलात, नाफा नोक्सान हिसाब, नगदप्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिकतथा बैकिङ्ग क्षेत्रको अवस्थातथा चालु आर्थिक वर्ष २०७५–७६ को चैत्र मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरणर भावीकार्य योजना समेत प्रस्तुत गरेका थिए ।















प्रतिक्रिया