
सिड्नी, १४ असार । गैरर आवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाको आगामी २ बर्षिय कार्यकालका लागि यहि ६ जुलाईमा हुने निर्वाचनको सरगर्मी बढेको छ ।
विभिन्न राज्य कमिटी, राष्ट्रीय कमिटी र अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य गरी २२९ पदका लागि करिब ४०० जनाको उमेदवारी परेको छ । करिब १२ हजार सदस्य संख्यासहित संसारको सबैभन्दा ठूलो एनसीसी बनेको अस्ट्रेलिया सदस्यता बृछिसँगै नेतृत्व तहमा पनि धेरैले ईच्छा देखाएका छन् । यद्यपि सदस्यता बिस्तारका क्रममा अहिले अस्ट्रेलियामा भएका ‘फेक मेम्बरसिप स्क्याण्डल’का मुद्र्दा यसअघिनै सार्वजनिक रुपमा बाहिर आईसकेका थिए ।
२०१९–२१ कार्यसमिति चयनका लागि हुन लागिरहेको आसन्न यो चुनावी प्रक्रियामा दुई पक्षीय भिडन्त हुने देखिएको छ ।
नर्दन टेरोटरी (डार्बीन) र तास्मानिया राज्यका सिंगो कमिटी साथै महिला फोरममा भिक्टोरीया राज्यका बाहेक सबै राज्यहरू र केन्द्रमा यस अघि नै निर्विरोध पदाधिकारी चयन भईसकेका छन् । राष्ट्रीय अध्यक्षका रुपमा यसपाली दिनेश पोखरेल(एन्एस्डब्ल्यू) र केशब कडेल(भिक्टोरीया) को दुई पक्षीय भिडन्त हुन लागेको हो ।
आफूलाई सशक्त दावेदारका रुपमा प्रस्तुत गरेका अध्यक्षका अर्का प्रत्यासी नन्दा गुरुङले भने उम्मेदवारी फिर्ता लिइसकेका छन् ।
कुनै पनि हालतमा पछि नहट्ने अड्डी कस्दै आएका कारण विवाद मिलाउन नेपालबाट केन्द्रीय नेता मिनेन्द्र रिजाल सहितको टोली आँउदा पनि केहि लागेको थिएन तर एकाएक अन्तिम घडीमा गुरुङले मैदान छोड्नुले धेरैलाई आश्चर्यमा पारेको छ ।
पूर्व आईसीसी अध्यक्ष शेष घलेका दम्पतिको रोहबरमा भएको वार्तामा २०२१–२३को कार्यकाल आँफुले पाउने आश्वासन सहित पछि हटेको बुझिएको छरयो सिन्डिकेट प्रथाको भने आम सर्वसाधारणहरू धेरैले बिरोध गरेका छन् ।
नेपालमा लमजुङ घर भएका गुरुङ घले पत्नी जमुना गुरुंगका आफन्त पनि हुन् । यता गुरुंगको उमेदवारी फिर्तापछि भने अध्यक्षका अर्का प्रत्याशी पोखरेलले सबैभन्दा बढि नेपाली बसोवास गर्ने न्यू साउथ वेल्सको एक्लो प्रतिनिधि सहित सम्पूर्ण राज्यहरूलाई मिलाएर लिएर जान सक्ने साझा उमेदवारको रुपमा आँफुलाई उभ्याएका छन् ।
यसैगरी न्यु साउथ वेल्स राज्य कमिटी संयोजकमा स्वतन्त्र उमेदवारी दिएका स्वतन्त्र उमेदवार मोहन भट्ट पनि अन्तिम समयमा गुरुंगले छोडेको समूहमै जोडिन आईपुगेका छन् । आईसीसीले यसअघी चुनावमा समूहगत रुपमा आउन नपाउने नियम लागू गरेता पनि यहाँका सम्पूर्ण राज्यहरूमा केन्द्र अनुरूप नै तिनै उमेदवारहरूको स्पष्ट आ–आफ्नो प्यानल देखा परेका छन् ।
गैर आवासीय नेपाली संघ विधानत एक विसुद्ध गैरराजनीतिक, सेवामुलक सामाजिक संस्था भनिए पनि एनआरएनए अस्ट्रेलिया अहिले चरम राजनीतिको खाडलमा फसेको छ ।
उमेदवारी घोषणाको सुरुवातमा आफूलाई साझा समूहको नाम दिएका कंडेलको समूहले मेल्वर्नका केही कांग्रेस निकटका व्यक्तिहरूको उपस्थितिमा जनसंपर्क समितिको झण्डा ब्यानर सहित आँफूलाई प्रस्तुत गरे भने पोखरेललाई पनि स्वतन्त्र र नेकपा निकटका समूहहरूको समर्थन छ ।
पोखरेल यस अघि एनएस्डब्ल्यू राज्यको संयोजक, केन्द्रीय प्रवक्ता, कम्युनिटी वेलफेयर संयोजक लगायतका बिभिन्न पदमा रहेर सेवा गर्दै आएका थिए । कडेलले भने दुई कार्यकाल भिक्टोरीया राज्यको संयोजकको रुपमा काम गरिसकेका छन् । एनआरएनए अस्ट्रेलियामा बिभिन्न राज्य समितिका संयोजकहरू स्वत राष्ट्रीय उपाध्यक्ष हुने प्रावधान छर यस्तै केन्द्रीय तहका अन्य पदहरूमा महासचिव पदका लागि सन्तोष दाहाल, ज्ञानेन्द्र रेग्मी र शंकर ढकाल, सचिवमा उषाकिरण बारिया पोखरेल,सरोज पाण्डे र परेश घिमिरे, कोषाध्यक्षमा कुशल केसी,अनिल पोखरेल र कपिल पाण्डे रहेका छन् भने सह–कोषाध्यक्षमा सिताराम घिमिरे र लक्ष्मण गोपाली छन् । राष्ट्रीय युवा संयोजकमा बिजय पौडेल, एर्साद अहमद र बिनोद पौडेल मैदानमा देखिएका छन् ।
आईसिसि प्रतिनिधित्व को लागि अस्ट्रेलियाबाट सात जना सदस्यहरू छनोटमा १४ जना चुनावी प्रक्रियामा छन् र यसैगरी एनआरएनए उम्मेदवार छनोटको बिषयलाई लिएर कांग्रेस निकट जनसम्पर्क समिति अस्ट्रेलियाको विवाद अहिले चरम उत्कर्षमा पुगेको छ ।
अस्ट्रेलियामा जनसम्पर्कका भिन्ना भिन्नै दुईवटा कमिटीहरू छन् भने दुवै समूहले आँफुलाई आधिकारिक मान्दै आईरहेरका छन् । असन्तुष्ट समूहका एक सदस्यले आफ्नो नाम नखुलाउने सर्तमा अध्यक्षका प्रत्यासी कँडेललाई आफूहरूले यसपालीे सहयोग गर्न नसक्ने बताए । उमेदवारहरू छनोट गर्नेक्रममा कडेल समूहले आँफुहरूसँग केहीसल्लाह नै नगरी मनमानी तरिकाले आँफ्नो स्वार्थ अनुकुल निकट केही व्यक्ति, परिवार, नातागोताहरूमात्रै समेटेको ,गुटिय राजनीतिलाई प्रश्रय दिएको, उनको कार्यकालमा भिक्टोरीयामा उनले नेतृत्व गर्दै गर्दा सार्वजनिक रुपमा उठेका बिभिन्न गम्भीर महत्वपूर्ण सवालहरूमा जवाफदेही हुन नसकेकोले उनले लिएर हिंडेको टिम साझा हुनै नसक्ने जिकिर गरे ।















प्रतिक्रिया