३० आश्विन २०८३, शुक्रबार

सिक्किममा छात्रालाई यौन शोषण गर्ने प्रा.शीलाजित गुहाकाे नोकरी गुम्याे

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जगन दाहाल

गान्तोक । सिक्किम केन्द्रीय विश्वविद्यालयको मास कम्यूनिकेशनका विभागीय प्रमुख प्रो. शीलाजित गुहालाई आफ्नै विद्यार्थीसित पटक-पटक यौन दुर्व्यवहार गरेको आरोप सिद्ध भएपछि पदच्युत गर्दै विश्वविद्यालयबाट निश्काशन गरिएको छ ।

घटना अनुसार गत पाँच मईका दिन रानीपुलमा एउटा विवाहको भोजमा विद्यार्थीलाई यौन हिंसाको शिकार बनाउन खोजेपछि पीडित विद्यार्थीले उनीविरुद्ध आवाज उठाउँदै विश्विद्यालयको आन्तरिक गुनासो समिति (आईसीसी)मा गुनासो दर्ता गरेका थिए । उनलाई तुरन्तै पदभारबाट हटाएर विभागमा प्रवेश निषेध गरिएको थियो ।

उनका क्रियाकलापलाई लिएर विश्वविद्यालयको विद्यार्थी परिषदले न्यायको गुहार लगाउँदै प्रतिवाद जनाएपछि आईसीसीले पनि आफ्नो जाँच प्रक्रिया अघि बडाउँदै आरोपी र पीडित दुवैको विस्तृत बयान लिइसकेकाे छ ।

गत १० जूनको दिन विश्वविद्यालयलाई रिपोर्ट सुम्पिएको र त्यसमा आरोपी गुहा दोषी सावित भएको विद्यालयका कुलपति प्रो. अभिनास खरेले बताए ।

उनले बताए अनुसार रिपोर्टलाई विश्वविद्यालयको कार्यकारी परिषदमा राखेपछि परिषदले पनि आरोपी गुहालाई निस्कासित गर्ने निर्णय लिएको बताए ।

विश्वविद्यालयको लक्ष्य नै संस्थानमा यौन अपराध मुक्त राख्नु रहेको हुनाले यस प्रकारको कुनै पनि घटनालाई सहन नगरिने बताए ।

दोषी प्राध्यापक गुहालाई केही दिनभित्रै लिखितरूपमा निस्कासित गरिएको आदेश सार्वजनिक गरिने बताए ।

अर्कोतिर विश्वविद्याल प्रतिनिधि परिषदका महासचिव पल्लवराम भुजेलले विश्वविद्यालयको आन्तरिक गुनासो समितिलाई घटना बारे जानकारी गराएको र आफूहरूले विश्वविद्यालयलाई पूर्ण समर्थन जनाउँदै भविष्यमा यस्तो घटना नहोस भन्न खातिर निरन्तर सहयोगको समर्थन गर्दै जाने बताए ।

उनले भविष्यमा पनि विश्वविद्यालयमा कुनै प्रकारको यौन अपराध हुननदिन यसप्रकारको उदाहरण स्थापित गर्न आवश्यक रहेको पनि बताए । उनले पीडित छात्रालाई पनि आफूले आँट जुटाएर यसरी न्यायको निम्ति गुहार लगाउन जुटेकोमा उनको साहसको सराहना पनि गरेका छन् ।