१८ कार्तिक २०८३, बुधबार

चुनावको मुखैमा ‘ककटेल–पार्टी’ दिँदा इटहरी उवा संघ अध्यक्षका प्रत्यासी पौडेल विवादीत

21.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, १३ असार । १४ असारमा हुन गइरहेको उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षका एक जना प्रत्यासी भीम पौडेललाई आफूले दिएको ‘ककटेल पार्टी’ले विवादमा तानेको छ ।

१२ असार राती उनले आफूनिकट र केही अन्य व्यावसायीलाई बोलाएर सदस्यका प्रत्यासी जीवन पराजुलीको होटलमा ककटेल पार्टी दिएका थिए । जसको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै धेरैले आलोचना गरेका छन् ।

व्यापारी व्यावसायीलाई प्रभावमा पार्न रकमको खेल भएको भन्दै इटहरीवासीले उनको आलोचना गरेका हुन् । उनी नेपाली कांग्रेस निकट व्यावसायी हुन् ।

यसै पनि चुनाव प्रचारका क्रममा कार्टुनको भिडियो बनाएर आफ्नो पक्षमा लविङ गरेको विषयमा उनी आलोचित थिए । लगत्तै, उवा संघको साधारणसभा सकिएपछि दिएको ककटेल पार्टीले विवादीत बनाएको हो ।

कतिपयले रकम खर्च गरी चुनाव जित्ने, जाँड खुवाएर प्रभावमा पार्ने काममा पौडेल र उनको समूह सक्रिय रहेको बताएका छन् ।

उनको स्पर्धामा प्रगतिशील विचार राख्ने शैलेश विष्टको प्यानल उभिएको छ । विष्ट यसअघि कार्यबाहक अध्यक्ष थिए ।