३० आश्विन २०८३, शुक्रबार

गान्तोकमा पादरी गङ्गाप्रसाद प्रधानको जन्म जयन्ती मनाइने

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जगन दाहाल

गान्तोक । भारतकाे सिक्किम राज्यको राजधानी गान्तोकमा आगामी ५ जुलाईका दिन आदिपत्रकार पादरी गङ्गाप्रसाध प्रधानको १६८औं जन्म जयन्ती मनाउने निश्चिय भएको छ ।

सन २०१५ मा सिक्किमका तत्कालीन मुख्यमन्त्री पवन चामलिङको नेतृत्वमा रहेको सरकारले पादरी गङ्गाप्रसादलाई आदिपत्रकारको रूपमा चिन्हित गर्दै नेपाली पत्रकारिता, साहित्य अनि इशाई धर्म र नेपाली भाषाको सेवामा आफ्नो योगदान पुऱ्याउने पादरीलाई आदिपत्रकारको उपाधि दिएका हुन् ।

तत्कालीन अङ्ग्रेज साशनमा दार्जीलिङ जस्तो ठाउँमा बसेर विश्वकै पहिलो दैनिक नेपाली पत्रिका ‘गोर्खे खबर कागत’ सम्पादन गरी देशका समाचाहरू समाजमा पुऱ्याउने काम गर्दथे ।

वर्ष १९०१ देखि आरम्भ भएको गोर्खे खबर कागत वर्ष १९३१ सम्म निरन्तर चलेको थियो। पादरी गङ्गाप्रसादले नेपाली भाषाको विकाससँगै अङ्ग्रेजीमा रहेको पवित्र बाइबिललाई पनि नेपाली भाषामा अनुवाद गरेका थिए। अहिले विश्वका १३५ वटा देशहरूमा उनले अनुवाद गरेका बाइबिलहरू पढ्ने गरिएको पनि भनाइ छ।

सिक्किममा स्थापित पादरी गङ्गाप्रसाद स्मृति प्रतिष्ठान यस वर्षको पादरी जयन्ती भने ५ जुलाईको दिन राजधाना गान्तोकको मनन भवनमा मनाउने भएको छ ।

प्रतिष्ठानले एउटा पत्रकार सम्मेलनको आयोजन गरी साहित्यिक, सामाजिक, शिक्षा, धर्म र पत्रकारितामा योगदान पुऱ्याउने व्यक्तिहरूलाई सम्मानित गर्ने जानकारी दिएको छ ।

प्रतिष्ठानका अध्यक्ष डा. पीएन प्रधानले दिएको जानकारी अनुसार यस वर्ष प्रतिष्ठानले नेपाली साहित्यको क्षेत्रमा डुवर्सका हाइमन दास राई, पत्रकारिताको क्षेत्रमा सिलगडीका प्रभात पाठक, अध्यात्मको क्षेत्रमा पश्चिम सिक्किमको चुम्बुङका याकुब खालिङ, शिक्षाको क्षेत्रमा सन्त जोसेफ स्कूल मार्ताम र समाज सेवाको क्षेत्रमा रेन्बो चिल्ड्रेन होमकी सञ्चालिका चन्द्रलेखा गुरुङलाई सम्मानित गर्ने भएको छ ।

कार्यक्रममा सलोन कार्थोक र सिक्किम केन्द्रीय विश्वविद्यालयका सह-प्राध्यापक बलराम पाण्डेले पादरी गङ्गाप्रसादको बारेमा वक्तव्य दिनेछन् ।