१ कार्तिक २०८३, आइतबार

स्पोर्टस अवार्डका लागि क्राउन प्लाजाको सहयोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १२ असार । विसं २०७५ मा प्राप्त गरेको उपलब्धि र चर्चालाई आधार मान्दै नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डका लागि नक्सालस्थित होटल क्राउन प्लाजाले सहयोग गर्ने भएको छ ।

यही असार १७ गते आयोजना हुने उक्त अवार्डका लागि होटलले सहप्रायोजकको रुपमा सहयोग गर्ने आयोजक मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र उक्त होटलका प्रबन्ध निर्देशक युवराज श्रेष्ठले आज सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौतासँगै होटलले अवार्ड र मञ्चको कार्यक्रमका लागि चार लाखसम्म बस्न र खानपानका लागि खर्च व्यहोर्ने छ । होटलका प्र्रबन्ध निर्देशक श्रेष्ठले अवार्डका लागि दुई दिनको खाना र १० वटा कोठा निःशुल्क दिने जानकारी दिनुभयो ।

यस पटक वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र इन्टरनेसनल एसियन स्पोर्ट्स जर्ना्लिस्ट अवार्ड प्रदान गरिने छ ।

वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही रु ५० हजारसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । विभिन्न १० विधामा प्रदान गरिने उक्त कार्यक्रम कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिँदै छ । –रासस